बाँके ।
क्षेत्रीय कारागार नेपालगन्जलाई ई–रिक्सा हस्तान्तरण गरिएको छ । समाजसेवी अम्बिका काफ्लेले कारागारलाई एक ई–रिक्सा निःशुल्क रुपमा हस्तान्तरण गरेकी हुन् ।
कारागारमा बन्दी जीवन बिताइरहेका बिरामी कैदीहरुलाई अस्पताल लैजान ल्याउन सहजता होस् भन्ने उद्देश्यले ई–रिक्सा दिइएको काफ्लेले बताइन् । उनले जेलर रामकुमार सोनकरलाई एउटा ई–रिक्सा प्रदान गरेकी थिइन् ।
बिरामी कैदीबन्दीलाई अस्पतालसम्म लैजानको लागि ई–रिक्सा कारागार कार्यालय बाँकेलाई सहयोग गरेर अत्यन्तै पुण्यको काम गरेको जेलर सोनकरले बताए ।
‘ई–रिक्सा भएसँगै बिरामी कैदी बन्दीलाई अस्पताल लैजान ल्याउन सहज हुनेछ’ उनले भने, ‘पहिले कैदीबन्दीलाई पैदल नै स्थानीय अस्पतालमा लैजानुपर्ने बाध्यता थियो । अहिलेलाई त्यो हटेको छ ।’
प्रकाशित मिति : २०७९ असार २४ गते शुक्रबार









प्रतिक्रिया दिनुहोस्