कोहलपुर : नेपाली कांग्रेसका पूर्व सभापति एंव प्रधानमन्त्री गिरिजा प्रसाद कोइरालाको जन्म जयन्तीको अवसरमा आयोजना गरिएको बृहत रक्तदान कार्यक्रममा ९० प्वाइन्ट रगत रगत संकलन गरिएको छ । कोइरालाको ९९ औँ जन्मजयन्तीको अवसरमा आइतबार कोहलपुरमा आयोजना गरिएको रक्तदान कार्यक्रममा जम्मा ९० प्वाइन्ट रगत संकलन गरिएको हो । कूल ९० जनाले रक्तदान गरेका हुन् ।

नेपालगन्ज व्लड बैंकका प्राविधिक होमराज गिरीका अनुसार १० जना महिला र ८० जना पुरुषले रक्तदान गरेका थिए । नेपाली कांग्रेस कोहलपुर नगर कार्य समितिको आयोजनामा भएको रक्तदान कार्यक्रममा नेपाली कांग्रेसका विभिन्न भातृ संगठनका नेता कार्यकर्ताहरुको सहभागी थिए । रक्तदान कार्यक्रम आयोजना गर्नुपूर्व नेपाल रेडक्रस सोसाइटी उपशाखा कोहलपुरको भवनमा अन्तरक्रिया कार्यक्रम भएको थियो ।
औपचारिक समारोहमा बोल्दै वक्ताहरुले गिरिजा प्रसाद कोइराला शान्तिका नायक र शिखर व्यक्तित्व रहेको बताएका थिए । उक्त अवसरमा बोल्दै नेपाल कांग्रेस बाँकेका कार्यवाहक सभापति गोपाल प्रसाद अधिकारीले गिरिजा प्रसाद कोइराला नेपाली कांग्रेसको मात्रै नभएर देश विकासको नेतृत्वकर्ता रहेको बताए ।
उनका अनुसार देशलाई शान्तिमा रुपान्तरण गर्न उहाँहरुको महत्वपूर्ण भूमिका रहेको उनले बताए । कार्यबाहक सभापति अधिकारीका अनुसार गिरिजा बाबुलाई जन्म जयन्तीको बेलामा मात्रै सम्झिनु हुँदैन । उनले भने,‘उहाँले पार्टी निर्माण तथा नेपालीहरुलाई जोड्न योगदान दिनु भएको छ । देश विकास तथा शान्ति प्रक्रियमा ल्याउन भूमिका खेल्नु भएको हो । हामी सबै उहाँकै विचार अनुसार अघि बढ्नुपर्छ ।’
यस्तै नेपाली कांग्रेस कोहलपुर कार्य समितिका सभापति वीरेन्द्रबहादुर शाहले अहिलेको कांग्रेस बनाउन गिरिजाको भूमिका अहम रहेको बताए । उनका अनुसार उनको जन्म जयन्तीको अवसरमा कोहलपुरमा सामाजिक कार्य गरेर मनाइएको हो । शनिबार पनि नेपालगन्जमा विभिन्न कार्यक्रम आयोजना गरेर जीपी जन्म जयन्ती मनाइएको थियो ।









प्रतिक्रिया दिनुहोस्