बाँके ।
नेपाल रग्वी संघ लुम्बिनी प्रदेशको अध्यक्षमा नवीन थापा चयन भएका छन् । कोहलपुरमा शनिबार सम्पन्न संघको प्रथम विशेष साधारण सभाबाट प्रदेश अध्यक्षमा थापा सर्वसम्मत चयन भएका हुन् । थापा यसअघि संघको प्रदेश संयोजक रहेका थिए ।
नेपाल रग्वी संघका केन्द्रीय सचिव गोविन्द घिमिरेको विशेष उपस्थितमा प्रथम विशेष साधारण सभा भएको थियो ।
संघको प्रदेश उपाध्यक्षमा प्रविन पोखरेल, सचिवमा प्रेम चापाँगाई र कोषाध्यक्षमा ठाकुरप्रसाद खनाल सर्वसम्मत रुपमा चयन भएको बताइएको छ । साधारण सभाबाट सदस्यहरुमा क्रमशः निरक पोखरेल, डम्बर भण्डारी र सागर खनाल चयन भएका छन् ।
एक उपाध्यक्षसहित अन्य दुई सदस्य पछि कार्यसमिति बैठकले मनोनित गर्ने संघका लुम्बिनी प्रदेश अध्यक्ष थापाले मिसन टुडेलाई जानकारी दिए ।
‘साधारण सभा नयाँ नेतृत्व चयन गर्दै सम्पन्न भएको छ’ उनले भने, ‘बाँकी रहेका पदाधिकारी र सदस्यहरु कार्यसमिति बैठकले मनोनित गर्नेछ ।’ रग्वी खेलको प्रचार प्रसारमा आफुहरु लागिपर्ने उनले प्रतिबद्धता उनले जनाएका छन् ।









प्रतिक्रिया दिनुहोस्