बाँके ।
नेपाल आइटिएफ तेक्वान्दो संघ बाँकेको अध्यक्षमा नरेन्द्र ओली सर्वसम्मतरुपमा चयन भएका छन् ।
नेपालगन्जमा बिहीबार सम्पन्न नेपाल आइटिएफ तेक्वान्दो संघ बाँकेको अधिवेशनले ओलीलाई सर्वसम्मत अध्यक्षमा चयन गरेको हो ।
अधिवेशनबाट उपाध्यक्षमा अब्दुल अहमद र सुनिल रसाइली, सचिवमा जगदीश भट्ट तथा कोषाध्यक्षमा जगदीश यादव सर्वसम्मत चयन भएका थिए ।
संघको सदस्यहरुमा क्रमशः रग्वान शेख, राजेन्द्र बिष्ट, सूर्य किरण हमाल, जुना विक, सोनु बिष्ट, नरेश तेली, राहुल श्रेष्ठ र अस्मिता ओली चयन भएको अध्यक्ष ओलीले जानकारी दिए ।
प्रकाशित मिति : २०७९ असार १७ गते शुक्रबार









प्रतिक्रिया दिनुहोस्