बाँके ।
नेकपा एमाले निकट नेपाल निजामति कर्मचारी संगठन सुदुरपश्चिम महासचिवमा महादेव जोशी निर्वाचित भएका छन् ।
सोमबार सम्पन्न प्रथम सुदुरपश्चिम अधिवेशनले अध्यक्षमा कृष्ण बहादुर शाही र महेन्द्रनगरको बेदकोट नगरपालिकामा कार्यरत जोशीलाई महासचिवमा निर्वाचित गरेको हो ।
त्यस्तै उपाध्यक्षहरुमा झङ्कर बहादुर रावत र श्याम सिह धामी निर्वाचित भएका छन् ।
सो समितिको सचिवमा मदन खड्का, धनबहादुर थापा र लक्ष्मणदत्त भट्ट निर्वाचित भए भने कोषाध्यक्षमा कविराज कठायत निर्वाचित भएका छन् ।
प्रकाशित मिति : २०७९ असार १७ गते शुक्रबार









प्रतिक्रिया दिनुहोस्