हामिले गर्ने सबै निर्णय कोहलपुरबासीले थाहा पाउनुपर्छः मेयर आचार्य



कोहलपुर ।

कोहलपुर नगरपालिका प्रमुख पूर्णप्रसाद आचार्यले आफ्नो कार्यकाल मिडियामैत्री हुने बताएका छन् । शनिबार कोहलपुरमा भएको पत्रकार अन्तरक्रियामा बोल्दै उनले अघिल्लो कार्यकालमा जे जस्तो भएपनि आफ्नो कार्यकाल भने मिडियामैत्री हुने बताए ।

‘नगरपालिकाबाट पाउनुपर्ने सूचना हामीले लुकाउँदैंनौं’ उनले भने, ‘पत्रकार तथा मिडियालाई सहज रुपमा नै नगरपालिकाले अब दिने मिल्ने सूचनाहरु दिन्छ ।’

नगर प्रमुख आचार्यले सकेसम्म पत्रकारहरुलाई नगरपालिकामा आएर राम्रा नराम्रा कामहरुमा बारेमा बाहिर ल्याइदिन आग्रह गरे ।

‘हामिले गर्ने सबै कामहरु पारदर्शी हुन्छन् । सबै निर्णयहरु पनि पारदर्शी नै हुन्छन्’ उनले भने, ‘मिडियाबाट हामिले गर्ने निर्णय लुकाउनुपर्ने स्थिती रहदैंन । हामिले गर्ने निर्णय कोहलपुरबासीले थाहा पाउनुपर्छ ।’

आगामी आर्थिक बर्षका लागि शिक्षा र डिजिटल कोहलपुर प्राथमिकता रहने उनले बताए । सार्वजनिक शिक्षाको गुणस्तरमा बृद्धि गर्न र डिजिटल प्रविधि युक्त कोहलपुर नगरपालिका बनाउने लगायत स्वास्थ्य, रोजगार सृजनाका क्षेत्रमा प्राथामिकताका साथ बजेट विनियोजन गरिने नगर प्रमुख आचार्यले जानकारी दिए ।

  • No tags available
प्रकाशित मिति : २०७९ असार ५ गते आइतबार