कोहलपुर ।
महिनावारी हुँदा छात्रालाई अति आवश्यक पर्ने सेनिटरी प्याड नभएपछि कोहलपुरस्थित बागेश्वरी बहुमुखी क्याम्पसका विद्यार्थी संगठनहरुले चासो देखाएका छन् । क्याम्पसका छात्राका लागि सेनिटरी प्याडको अभाव भएपछि विद्यार्थी संगठनहरुले चासो देखाएका हुन् ।
छात्राहरुलाई यथाशिघ्र सेनेटरी प्याड उपलब्ध गराउनुपर्नेलगायतका १० बुँदे माग राख्दै विद्यार्थी संगठनहरुले मंगलबार क्याम्पस प्रशासनलाई ज्ञापनपत्र बुझाएका छन् ।
त्यस्तै क्याम्पसमा पुस्तकालयको व्यवस्था, हुनुपर्ने स्नाकोत्तर तहको कक्षा सञ्चालनको समयमा पुस्तकालय खुल्ला हुनुुपर्ने, छात्रवृत्तिको सूचना, अन्तर्वार्ता र नतिजा समयमा प्रकाशन गर्नुपर्ने, क्याम्पसका सम्पूर्ण सूचना कक्षा कोठामै जानकारी गराउनु पर्ने, हरेक विषयको अलगअलग प्रध्यापकको व्यवस्था गुर्नपर्नेलगायतका माग राखिएको छ ।
नेविसंघका बागेश्वरी क्यापसका सभापति राम पण्डे र अखिल क्रान्तिकारीका बागेश्वरी क्यापसका कमिटी अध्यक्ष दिपेन्द्र शाहीले १० बुँदे मागसहितको ज्ञापनपत्र क्याम्पस प्रमुख दानबहादुर हमाललाई बुझाएका हुन् ।
यस्तै स्ववियू निर्वाचनको वातावरण सिर्जना गर्नुपर्ने, कक्षा कोठामा भएका भौतिक सामग्रीको यथाशिघ्र मर्मत गुर्नपर्ने, विषयवस्तु पूरा भए पनि अध्यापनको समय अवधिभरि अध्ययन गराउनुपर्नेलगायतका मागहरु विद्यार्थी संगठनले गरेका छन् ।
ज्ञापनपत्रमा उल्लेखित माग २४ घण्टाभित्र सम्बोधन नभए अन्दोलनका कार्यक्रम अगाडि बढाइन विद्यार्थी संगठनहरुले जनाएका छन् । साथै उनीहरुले अन्दोलनबाट हुने क्षतिको सम्पूर्ण जिम्मा क्याम्पस प्रशासनले नै व्यहोर्नु पर्ने चेतावनी दिएका छन् ।









प्रतिक्रिया दिनुहोस्