बाँके ।
मंगलबार सुनको मूल्य प्रतितोला १ हजार ८ सय रुपैयाँले घटेको छ । छापावाल सुनको मूल्य प्रतितोला ९७ हजार १ सयमा झरेको छ । अघिल्लो दिन प्रतितोला ९८ हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार तेजाबी सुनको मूल्य प्रतितोला ९६ हजार ६ सय रुपैयाँ कायम भएको छ ।
त्यस्तै चाँदीको मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला २० रुपैयाँले घटेर एक हजार २४५ कायम भएको महासंघले जनाएको छ ।
प्रकाशित मिति : २०७९ जेठ ३१ गते मंगलबार









प्रतिक्रिया दिनुहोस्