एमालेबाट श्रीमान् श्रीमती नै मेयर–उपमेयरका लागि सिफारिस



प्रधानमन्त्री शेरबहादुर देउवाको गृहजिल्लाको सदरमुकाम रहेको अमरगढी नगरपालिकामा एमालेबाट श्रीमान्‌–श्रीमती नै नगर प्रमुख र उपप्रमुखका लागि सिफारिस भएका छन् ।

एमाले जिल्ला कमिटी बैठकले अमरगढी नगरपालिकामा श्रीमान् श्रीमतीलाई नै प्रमुख र उपप्रमुख लागि नाम सिफारिस गरेको हो ।

अमरगढी नगरपालिका –७ का तथा प्रेस चौतारी नेपालका केन्द्रीय सदस्य करन ताम्राकार र एमाले जिल्ला कमिटी सदस्य तथा मुक्ति समाज डडेल्धुराका इन्चार्ज इन्दिरा ताम्राकार अमरगढी नगरपालिकाको मेयर र उपमेयरमा सिफारिस भएका हुन् ।

उनीहरूको नाम जिल्ला कमिटीले प्रदेशमा सिफारिस गरेको हो । अमरगगढी नगरपालिकामा करन ताम्राकारसहित ८ जना मेयरमा र इन्दिरा ताम्राकार सहित ३ जना उममेयरमा सिफारिस भएका छन् ।

  • No tags available
प्रकाशित मिति : २०७९ वैशाख ९ गते शुक्रबार