नेपालगन्ज ।
बाँकेको खजुरा गाउँपालिकाको मुख्य बजारमा प्रेसर कुकुर बमजस्तो शंकास्पद बस्तु फेला परेको छ।
खजुरा वडा नम्बर ३ स्थित पृथ्वी चोक अगाडी प्रेसर कुकुर बम जस्तो देखिने बस्तु राखिएको जिल्ला प्रहरी बाँकेका प्रवक्ता प्रहरी नायब उपरीक्षक मधुसुदन न्यौपानेले जानकारी दिएका छन् ।
स्थानीयहरुले आज बिहान पृथ्वी चोकमा प्रेसर कुकुर बेरिएर राखिएको देखेपछि प्रहरीलाई खबर गरेका थिए।
अहिले प्रहरीले त्यस स्थानलाई घेराबन्दी गरेको छ भने नेपालगन्जको राझाँबाट नेपाली सेनाको बम डिस्पोजल टोलीले त्यस तर्फ जाँदै गरेको प्रवक्ता न्यौपानेले जानकारी दिएका छन् । प्रेसर कुकुर बेरिएर राखिएको हुँदा त्यो बस्तु बम हुन सक्ने जिल्ला प्रहरी बाँकेले जनाएको छ।
प्रकाशित मिति : २०७८ फागुन १७ गते मंगलबार









प्रतिक्रिया दिनुहोस्