जंगली हात्तीको आक्रमणबाट दम्पतीको मृत्यु



कञ्चनपुर ।

शुक्लाफाँटा नगरपालिका–१२ वसन्तपुरमा जंगली हात्तीले आक्रमण गर्दा एक दम्पतीको मृत्यु भएको छ ।

वसन्तपुरका ५५ वर्षीय ध्वजबहादुर कार्की र उनका श्रीमती ४५ वर्षीया मधुराको बुधबार (आज) बिहान मृत्यु भएको कञ्चनपुर प्रहरीले जनाएको छ ।

इलाका प्रहरी कार्यालय झलारीबाट प्रहरी निरीक्षक कर्णबहादुर बोहरा नेतृत्वको प्रहरी टोली घटनास्थलमा पुगेको छ । नजिकैको सामुदायिक वनबाट ९/१० वटा जंगली हात्ती गाउँ पसेपछि स्थानीयले होहल्ला गरेका थिए ।

सोही क्रममा कार्की दम्पतीलाई हात्तीले आक्रमण गरेको प्रहरीले जनाएको छ । डिलाशैनी सामुदायिक वनबाट आएका हात्तीले आक्रमण गरेको हो ।

  • No tags available
प्रकाशित मिति : २०७८ कात्तिक ३ गते बुधबार