कैलाली ।
कर्णाली नदीको बाढीले खतराको सतह नाघेको छ । चिसापानी बाढी मापन केन्द्रमा मंगलबार बिहान गरिएको मापनअनुसार नदीको सतह ११ मिटर नाघेको जिल्ला प्रशासन कार्यालय कैलालीले जनाएको छ ।
प्रशासन कार्यालयका सूचना अधिकारी शिवराज जोशीले नदीमा पानीको सतह खतराको तह पार गरेर ११ मिटर पुगेको बताए । कर्णालीमा १० मिटर पानीको सतहलाई सतर्कता र १०।८० मिटरलाई खतराको तह मानिन्छ ।
लगातारको वर्षाका कारण नदीमा पानीको सतह बढ्ने क्रम जारी रहेको बताउँदै सूचना अधिकारी जोशीले तटीय क्षेत्रका बासिन्दालाई सतर्कता अपनाउन आग्रह गरिएको जनाए ।
प्रकाशित मिति : २०७८ कात्तिक २ गते मंगलबार









प्रतिक्रिया दिनुहोस्