कोहलपुर , बाँकेको नेपालगञ्जमा रहेको भेरी अस्पताल र जिल्ला अस्पताल गुलरियालाई स्वास्थ्य सामग्री प्रदान गरिएको छ । कोहलपुरस्थित सहकर्मी समाज नेपालले मंगलबार बाँके र बर्दियाका दुई अस्पताललाई स्वास्थ्य सामग्री सहयोग गरेको हो । कोरोना महामारीको समयमा अस्पतालमा आवश्यक पर्ने १५ लाख बराबरको स्वास्थ्य सामग्री प्रदान गरिएको समाजले जनाएको छ ।
संस्थाका कार्यक्रम संयोजक अन्जु गुरुङका अनुसार कोरडाइड र इको संस्थाको सहयोगमा अस्पतालको सेवा प्रवाहमा सहजता होस् भन्ने उद्देश्यले विभिन्न स्वास्थ्य सामाग्री सहयोग गरिएको हो । उनले भेरी अस्पताललाई ६ लाख १६ हजार र गुलरिया अस्पताललाई ९ लाख १६ हजार मूल्य बराबरको सामग्री सहयोग गरिएको जानकारी दिइन् ।
दुई अस्पताललाई एन्टिजेन किट, पीसीआर किट, भिटिएम, सर्जिकल माक्स, ग्लोब्स, फेस सिल्ड, अक्सिजन सिलिण्डर, अक्सिजन पाइपलगायतका स्वास्थ्य सामाग्री सहयोग गरिएको उनको भनाइ छ । भेरी अस्पतालका मेसु डा. प्रकाश थापाले स्वास्थ्य सामाग्री ग्रहण गर्दै आपत्कालीन अवस्थामा भएको स्वास्थ्य सामाग्री सहयोगले ठूलो राहत दिएको बताए । यस्तै गुलरिया अस्पतालका मेसु डा सुभाष पाण्डेले यो सहयोगले कोरोना जोखिम न्युनिकरणमा टेवा पु¥याउने जानकारी दिए ।
सहकर्मी समाजका कार्यक्रम निर्देशक अमरबहादुर एैरले कोरोनाको संक्रमणले गर्दा सबै क्षेत्र प्रभाबित भैरहेको बेलामा उपचारमा सहयोग पु¥याउने दायित्वका साथ स्वास्थ्य सामाग्री सहयोग गरिएको बताएका छन् ।









प्रतिक्रिया दिनुहोस्