प्रेमप्रकाश मल्लको ८६ औं जन्म जयन्ती मनाइयो



कोहलपुर ।

स्वर्गीय प्रेम प्रकाश मल्लकोे ८६ औं जन्म जयन्ती मनाइएको छ । शनिबार एक कार्यक्रमका बीच प्रेमप्रकाश मल्ल ‘मधुकर’को ८६ औं जन्म जयन्ती पुस्तक अर्पण तथा स्रष्टा सम्मान समारोह सम्पन्न भएको हो । भेरी साहित्य समाज केन्द्रीय समितिको आयोजनामा शनिबार नेपालमा बृहत कार्यक्रम आयोजना गरिएको थियो । समाजको केन्द्रीय अध्यक्ष हरि तिमिल्सिनाको अध्यक्षतामा सम्पन्न कार्यक्रमका प्रमुख अतिथि
वरिष्ठ कथाकार सनत रेग्मी गरेका थिए । स्वर्गीय मल्लको जीवन व्यक्तित्व र कृतित्वको विषयमा लेखक तथा साहित्यकार महानन्द ढकालले चर्चा गरे ।

पश्चिम रुकुमको सेरी गाउँमा वि.स.१९९३ श्रावण ११ मा जन्मिएका प्रेम प्रकाश मल्ल गीतकार÷ गायक÷ कविका रूपमा परिचित छन् । उनले १४ वर्षको उमेर २००७ मा पहिलो कविता ‘आमा’ लेखेर साहित्यमा प्रवेश गरेका थिए । उनको सम्झनामा प्रत्येक वर्ष जन्मजयन्ती मनाइदै आइएको छ ।
उक्त अवसरमा विभिन्न साहित्यकार तथा स्रष्टाहरुलाई सम्मान गरिएको थियो । । प्रेम प्रकाश मल्ललाई स्मरण गर्दै सम्मान स्वरुप २५ हजार राशीको पुरस्कार प्रत्येक वर्ष प्रदान गरिदै आएको छ । यसपटक यो पुरस्कारबाट साहित्यतर्फ कवि इन्द्र राज पौडेल र गीत संगीत तर्फ गायक कमल बि.के. निर्मोही सम्मानित भएको लेखक तथा साहित्यकार महानन्द ढकालले जानकारी दिए ।

सम्मानित व्यक्तित्वहरुको बारेमा डाक्टर इन्द्र बहादुर भण्डारीले बोलेका थिए । उनका अनुसार स्वर्गीय मल्ल बाँके जिल्लाको साहित्य क्षेत्रका नक्षेत्र नै हुन् । उनका आधा दर्जन बढी कृतिहरु प्रकाशित छन् ।

बाँके जिल्लालाई कर्म थलो बनाएर साहित्य लेखनमा लागि परेका प्रेम प्रकाश मल्लका मधुकर छोटो जीवनी लामो कहानी (लघु काव्य ः २०४२), एउटा त्यो अजय शिखर( लघु काव्य ः २०४२), पञ्च गान(२०४५), अनुभूतिका स्वरहरू( गीत गजल लघु कविताः २०५४), सजल ( गजल सङ्ग्रहः २०६५), गाउँदा गाउँदै( गीत गजलः२०६५), उनी (रोदन काव्य सङ्ग्रह ः२०६५), ओछ्यानबाट अनुभूतिहरू ( हाइकु २०७०) प्रकाशित भएका छन् ।

उनले नेपाली गीत संगित क्षेत्रमा समेत महत्वपूर्ण योगदान दिएको ढकाल बताउँछन् । विशेष गरी गीतकार, सङ्गीतकार, गायक,कलाकार समेत रहेका प्रेम प्रकाश मल्ललाई बहुमुखी प्रतिभाका धनी भएको उनको भनाइ छ । छिन्नलता गीति पुरस्कार, राष्ट्रिय प्रतिभा पुरस्कार , सारस्वत सम्मान, पूर्णिमा साहित्य रत्न, हाम्रो मझेरी जस्ता सम्मानहरू रहेका छन् ।

  • No tags available
प्रकाशित मिति : २०७८ साउन १७ गते आइतबार