कोहलपुर, ४ फागुन / फागुन १२ मा हुने नेपाल पत्रकार महासंघ बा“केको निर्वाचनका लागि प्रेस चौतारी, प्रेस सेन्टर र प्रगतिशिल पत्रकार संघको ‘संयुक्त प्रगतिशिल प्यानल’का अध्यक्ष, उपाध्यक्ष र सचिव पदको घोषणा भएको छ । मंगलबार नेपालगञ्जमा भएको एक कार्यक्रम गर्दै संयुक्त निर्वाचन परिचालन समितिका संयोजक शिव डोटेलले अध्यक्ष पद सहितका अन्य पदहरु घोषणा गरेका हुन् । तीनै संगठनका अग्रज पत्रकारहरु माझ उम्मेदवारी घोषणा गरिएको हो ।
मंगलबार नै बसेको प्रेस चौतारी बा“केको कार्यसमिति बैठकले अध्यक्ष पदमा ठाकुरसिंह थारुलाई उम्मेदवार बनाउने निर्णय गरेको थियो । तीनै जना उम्मेदवार बा“केमा रहेर पत्रकारिता क्षेत्रमा सक्रिय पत्रकार हुन् । अध्यक्ष पदका उम्मेदवार थारु २०५६ सालदेखि बाँकेको पत्रकारिताक्षेत्रमा क्रियाशिल छन् ।
उपाध्यक्ष पदका उम्मेदवार प्रदिप वाग्ले पत्रकार महासंघका पूर्व कार्यसमिति सदस्य पनि हुन् । उनी २०६४ सालदेखि पत्रकारिताक्षेत्रमा क्रियाशिल छन् ।
त्यस्तै सचिव पदका उम्मेदवार तिलक गाउँले २०६३ सालदेखि पत्रकारिता क्षेत्रमा क्रियाशिल छन् । गाउँले अहिले पनि नेपाल पत्रकार महासंघको सचिव रहेका छन् । घोषणासभामा बोल्दै अध्यक्ष पदका उम्मेदवार थारुले ब्यवसायिकता र पत्रकार महासंघको गरिमा बढाउनुनै आफ्नो उम्मेदवारी रहेको बताएका छन् । संयुक्त निर्वाचन परिचालन समितिको संयोजक शिव डोटेलले ब्यवसायिक र क्रियाशिल पत्रकारहरुले उम्मेदवारी बनाइएको बताए । साथै उनले चाँडै अरु उम्मेदवार घोषणा गरिने बताए ।
घोषणा सभामा नेकपा एमाले केन्द्रीय प्रचार बिभाग सदस्य डिल्ली
बिसी, नेकपा एमाले बांकेका प्रचार बिभाग प्रमुख किश्मतकुमार कक्षपति, माओवादी केन्द्रका प्रचार इन्चार्ज डिल्ली बराल, जनमोर्चाका उपाध्यक्ष कृष्णराज पाण्डेले आस्थागत संगठनहरु भएपनि पत्रकारिता क्षेत्रको वसायिकतालाई आत्मसाथ गर्ने पत्रकारहरुलाई उम्मेदवार बनाएकोमा धन्यबाद दिए ।
यसैगरी नेपाल पत्रकार महासंघका पूर्व केन्द्रीय सदस्य मोहमद हारुन, प्रेस सेन्टरका केन्द्रीय सदस्य सुशिल शर्मा लगायतले उम्मेदवारहरुलाई बिजयी बनाउन सक्रिय भूमिका खेल्न आग्रह गरे ।
प्रकाशित मिति : २०७३ फागुन ४ गते बुधबार









प्रतिक्रिया दिनुहोस्