बालुवाटारबाट प्रदर्शनमा उत्रिएका नागरिक अगुवा पक्राउ



काठमाडौं :

बालुवाटारमा प्रदर्शनमा उत्रिएका नागरिक समाजका अगुवाहरुलाई प्रहरीले नियन्त्रणमा लिएको छ । प्रहरीले नागरिक अगुवाहरू नारायण वाग्ले,खगेन्द्र संग्रौला, युग पाठकलगायत नागरिक अगुवालाई पक्राउ गरेको हो।

चिकित्सा शिक्षा आयोगमाथि राजनीतिक हस्तक्षेप भएको लगायतका विषयमा विरोध जनाउँदै बालुवाटारमा उत्रिएका नागरिक अगुवामाथि प्रहरीले हस्तक्षेप गरेको छ। प्रदर्शनकारीहरुले ‘निजी अस्पताल खोल्न प्रधानमन्त्री खटिने, सरकारी अस्पतालबाट बिरामी लखेटिने’,‘स्वास्थ्य सेवा हो व्यापार होइन, सरकार सेवक हो मालिक होइन’लगायतका नारा लेखिएका प्लेकार्ड बोकेका थिए। @annapurnapost.com

  • No tags available
प्रकाशित मिति : २०७८ जेठ २८ गते शुक्रबार