उपत्यकामा एक साता निषेधाज्ञा थप्‍ने तयारी, यी क्षेत्रमा हुँदैछ खुकुलो



काठमाडौँ ।

उपत्यकाको तीनै जिल्लामा थप एक साता निषेधाज्ञा हुने भएको छ । निषेधाज्ञा थपिए पनि अघिल्‍लो पटक जस्‍तो कडाइ नहुने बताइएको छ ।

अघिल्लो साताको जस्तो निषेधाज्ञा कडाइ नहुने काठमाडौँ जिल्ला प्रशासन कार्यायका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद अधिकारीले बताए । ‘२० गतेपछि थप हुने निषेधाज्ञामा खाद्यान्‍नको पसल, डिपार्टमेन्‍ट स्टोर खोल्ने समय थप गरिन्छ,’ उनले भने ।

उनका अनुसार सार्वजनिक निर्माण क्षेत्रमा पनि खुकुलो गरिनेछ । त्यस्तै आवतजावत,सवारीसाधनलगायत भने खुकुलो नहुने पराजुलीले बताए ।

निषेधाज्ञाको मोडालिटी कस्तो बनाउने भन्‍ने विषयमा उपत्यकाको तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीको बैठक आज बस्न लागेको उनले जानकारी दिए ।

कोभिड-१९ को संक्रमणको तीव्र रुपमा फैलिएपछि पहिलो चरणको निषेधाज्ञा वैशाख १६ गतेदेखि लागू भएको थियो । संक्रमण दर नघटेपछि बैशाख २२ गतेबाट पुनः निषेधाज्ञा थप गरी २९ गतेसम्म र २९ गतेदेखि जेठ १३ गतेबाट २० गते बजेसम्म निषेधाज्ञा जारी भएको छ ।

  • No tags available
प्रकाशित मिति : २०७८ जेठ १८ गते मंगलबार