सुदूरपश्चिम प्रदेशका पूर्व प्रमुख मल्लको कोरोनाका कारण निधन



काठमाडौँ । सुदूरपश्चिम प्रदेशका पूर्व प्रदेश प्रमुख मोहनराज मल्लको नोबेल कोरोना भाइरसको सङ्क्रमणबाट निधन भएको छ।

मल्लका पूर्वस्वकीय सचिव धनसिंह क्षेत्रीका अनुसार कोरोना सङ्क्रमणबाट गएराति उहाँको निधन भएको हो । कोरोना सङ्क्रमणपछि केही दिनदेखि मल्लको काठमाडौँको निदान अस्पतालमा उपचार भइरहेको थियो ।

मुटु सम्बन्धी समस्यामा रहनुभएका उहाँमा कोरोना सङ्क्रमणपछि निमोनिया पनि देखिएको थियो । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा नेतृत्वको सरकारको सिफारिशमा मल्ल सुदूरपश्चिमको पहिलो प्रदेश प्रमुख नियुक्त हुनुभएको थियो ।

तर करिव २ वर्षपछि उहाँलाई केपी ओली नेतृत्वको सरकारको सिफारिसमा राष्ट्रपतिले पदमुक्त गर्नुभएको थियो ।

  • No tags available
प्रकाशित मिति : २०७८ जेठ १३ गते बिहीबार