पशुपन्छी बिरामी परे फोनबाटै परामर्श



बुटवल ।

पशुपन्छी बिरामी परे वा निषेधाज्ञाका कारण उनीहरूको उपचार जटिल बन्यो भने अब चिन्ता नलिनूस् । लुम्बिनी प्रदेशका पशु चिकित्सकहरूले फोनबाटै उपचार परामर्श सेवा दिन थालेका छन् ।

नेपाल भेटेरिनरी एसोसिएसन लुम्बिनी प्रदेशले एक सातादेखि किसानलाई फोनबाटै उपचार परामर्श दिन थालेको हो । त्यसका लागि १२ जिल्लाका ३७ जना पशु चिकित्सक सेवामा खटिएका छन् ।

किसानका गुनासा सुन्दा चिकित्सकहरूसमेत अहिले व्यस्त बनेका छन् । ‘दैनिक ५० वटासम्म फोन आउँछन्,’ रूपन्देहीका डा. लक्ष्मणप्रसाद घिमिरेले भने, ‘निषेधाज्ञाले सबै ठप्प छ ।

त्यसैले दिउँसो मात्रै होइन, रातिमा समेत पशुपन्छी बिरामी भएका फोन आउँछन् ।’ कोरोना भाइरसको पहिलो लहरमा अधिकांश किसानले पशुपन्छीको उपचारमा समस्या भोगेका थिए । जसले धेरै पशुपन्छीसमेत मरेका थिए ।

  • No tags available
प्रकाशित मिति : २०७८ जेठ १३ गते बिहीबार