30 April 2024  |   मङ्लबार, बैशाख १८, २०८१

काेहलपुरमा बाबुले गरे घाँटीमा खुर्पा प्रहार गरेर छाेराकाे हत्या

मिसनटुडे संवाददाता
प्रकाशित मितिः बुधबार, जेष्ठ १२, २०७८  

कोहलपुर ।

बाँकेको कोहलपुरमा बाबुले आफ्नै छोराको हत्या गरेका छन् ।

कोहलपुर नगरपालिका, १२ चप्परगौडिका ठाकुर प्रसाद ओलीले आफ्नै अन्दाजी १८/१८ बर्षका छोरा पोषणको बुधबार राति हत्या गरेको ईलाका प्रहरी कार्यालय कोहलपुरका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक रबिन्द्र खनालले जानकारी दिए ।

खसी काट्ने घरेलु हतियारले नुहाउने बेला बुबाले पछाडिबाट हानेर छोराको हत्या गरेको बताईएको छ । कोहलपुर प्रहरीका अनुसार ठाकुरले नुहाउदै गरेको अवस्थामा छोरालाई घाँटीमा खुर्पा प्रहार गरेका थिए ।

गम्भीर घाइते पोषणको उपचारको लागि भेरि अस्पताल नेपालगन्ज पुर्याईए पनि चिकित्सकले मृत घोषणा गरेका थिए । बाबू ठाकुरलाई कोहलपुर प्रहरीले घरबाटै नै नियन्त्रणमा लिईसकेको छ । घटनाबारे थप जानकारी आउँन बाँकि रहेको छ ।

प्रकाशित मितिः बुधबार, जेष्ठ १२, २०७८     11:13:24 PM  |