बाँकेमा अस्पतालहरुमा कोरोना संक्रमित बिरामीका लागि छुट्याइएका बेडहरु विस्तारै खाली हुँदै गइरहेका छन् ।
मंगलबार दिउँसो साढे ३ बजेसम्म जिल्लाका विभिन्न अस्पतालहरुमा गरेर ७६ वटा कोरोना संक्रमित बिरामीको लागि छुट्याइएका बेडहरु खाली रहेको जिल्ला स्वास्थ्य कार्यालय बाँकेका जनस्वास्थ्य अधिकृत नरेशबाबु श्रेष्ठले जानकारी दिए ।
सोमबार तुलनामा मंगलबार बेड खाली हुने संख्या धेरै हो ।
कुल अस्पतालमा कती बेड खाली
१. भेरी अस्पताल, कोभिड वार्डमाः ३० बेड खाली
२. नेपालगञ्ज मेडिकल कलेज कोभिड वार्डमाः २८ बेड खाली
३. वेस्टर्न अस्पताल (सर्जिकल बेड)ः १३ बेड खाली
४. युनाइटेड अस्पतालः ५ बेड खाली
जम्मा बेड खाली संख्याः ७६ वटा
बाँके जिल्लाका यी अस्पतालहरुमा ३ सय ६१ कोभिड संक्रमितको उपचारका लागि बेड छुट्याइएको थियो । तीमध्ये ७६ वटा बेडहरु खाली रहेको बताइएको छ ।
प्रकाशित मिति : २०७८ जेठ ११ गते मंगलबार










प्रतिक्रिया दिनुहोस्