बर्दियाको गेरुवामा हात्तीको आक्रमणबाट आमाको मृत्यु, छोरी गम्भीर घाइते



बर्दिया ।

बर्दियाको गेरुवा गाउँपालिकामा हात्तीको आक्रमणबाट एक महिलाको मृत्यु भएको छ भने एक बालिका घाईते भएकी छन् ।

बर्दिया राष्ट्रिय निकुञ्जबाट निस्केको जंगली हात्तीको आक्रमणमा सोमबार बेलुकी गेरुवा गाउँपालिका – १ सरखोलकी ३७ बर्षिया चन्द्रा विकको घटनास्थल मै मृत्यु भएको प्रहरीले जनाएको छ । उनकी तिन बर्षिया छोरी दिपिका वि.क. घाईते भएकी छन् ।

घर बाहिर आँगनमा बसिरहेका उनीहरुलाई सोमबार बेलुकी ९ बजे तिर हात्तीले आक्रमण गरेको हो । गम्भीर घाइते दीपिकालाई उपचारकालागि शिक्षण अस्पताल कोहलपुर लगिएको इलाका प्रहरी कार्यालय पाताभारका प्रहरी निरिक्षक सुरेश सुवेदीले बताएका छन् ।

बर्दिया राष्ट्रिय निकुञ्जका प्रमुख विष्णु श्रेष्ठ सहितको टोली मंगलबार विहान घटनास्थलमा पुगेको छ ।

बर्दिया राष्ट्रिय निकुञ्जले घटनाको अध्ययन गर्दै मृतकको परिवारलाई राहतको प्रक्रिया अगाडी बढाउने बर्दिया राष्ट्रिय निकुञ्जका सहायक संरक्षण अधिकृत अशिम थापाले जानकारी गराए । घटनाको विषयलाई लिएर गेरुवा गाउँपालिकाबासी आक्रोशित भएका छन् ।

  • No tags available
प्रकाशित मिति : २०७८ जेठ ११ गते मंगलबार