बाँके नेपालगञ्जस्थित भेरी अस्पताल परिसरमा संचालित अञ्जनी माता रसोइ घरलाई सहयोगी हातहरुले सहयोग गरिरहेका छन् ।
सामाजिक उत्तरदायित्व अन्र्तगत विभिन्न व्यक्ती, संस्था लगायतका निकायहरुले रसोई घरलाई चाहिने आवश्यक सामाग्री तथा ससामान खरिद गर्न नगद सहयोग गर्दै आएका छन् । सोही क्रममा रसोइ घरलाई आइतबार ताजा अर्गानिक तरकारी उपलब्ध गराइएको छ ।
सूचना र मानवअधिकार अनुसन्धान केन्द्रको संयोजनमा कृष्णा कृषक सहकारी संस्था र नेपालगञ्ज सामाजिक स्वास्थ्य सुरक्षा विकास केन्द्रद्धारा हरियो फर्सी डेढ क्युन्टल र आलु ७० किलो रसोइका सञ्चालक जितेन्द्रसिंह ठाकुरलाई हस्तान्तरण गरेको हो ।
हस्तान्तरण कार्यक्रममा कृषकहरु नेतराम मौर्य, अशोक मौर्य, विन्देश मौर्य, अभियन्ता विश्वजीत तिवारी, धर्मवीर कहार लगायतको सहभागिता रहेको थियो ।
रसोइ घरलाई चाहिने अर्गानिक हरियो तरकारी समेत सस्तो मुल्यमा उपलब्ध गराउने हिरिमिनियाका कृषकहरुले प्रतिबद्धता गरेका छन् ।










प्रतिक्रिया दिनुहोस्