बाँकेको कोहलपुर नगरपालिकाले सञ्चालनमा ल्याएको अस्थाई कोभिड अस्पताललाई औषधी र स्वास्थ्य सामग्री सहयोग गरिएको छ ।
एक कार्यक्रममा बीच ग्लोबल आइएमई बैंक कोहलपुर शाखाले अस्पताललाई औषधी लगायतका स्वास्थ्य सामग्रीहरु सहयोग गरेको
हो ।
सामाजिक उत्तरदायित्व अन्तरर्गत अस्थाई कोरोना अस्पतालाई औषधी र स्वास्थ्य सामग्री प्रदान गरिएको ग्लोबल आइएमई बैंक कोहलपुर शाखाका प्रबन्धक निर्मल राज बुढाथोकीले जानकारी दिए ।
कोहलपुर उद्योग बाणिज्य संघका अध्यक्ष लक्ष्मणराज पौडेलको उपस्थितीमा शाखा प्रबन्धक बुढाथोकीले नगर उप–प्रमुख सन्जु कुमारी चौधरीलाई औषधी र स्वास्थ्य सामग्री प्रदान गरेका थिए ।
संक्रमितका लागि अत्यावश्यक विभिन्न औषधीहरुसहितको एक सय थान किट हस्तान्तरण गरिएको थियो । ‘हामीले सामाजिक उत्तरदायित्व अन्तरर्गत अस्पताललाई स्वास्थ्य सामग्री प्रदान गरेका हौं’ शाखा प्रबन्धक बुढाथोकीले भने, ‘हाम्रो यो सानो सहयोगले अस्पतालमा रहेका संक्रमित बिरामीलाई राहत पुग्नेछ भन्ने विश्वास लिएका छौं ।’
उक्त अवसरमा बोल्दै नगर उप–प्रमुख चौधरीले स्वास्थ्य सामग्रीहरुले अस्पतालमा उपचाररत कोरोना संक्रमित बिरामीहरुको उपचारमा सहयोग पु¥याउँने बताइन् ।
कोरोना महामारीको बेला महामारी नियत्रणका लागी अस्थाई कोरोना अस्पताललाई स्वस्फुर्त सहयोग पु¥याएकोमा उनले बैंकलाई धन्यवाद समेत दिइन् ।
ग्लोबल आइएमई बैंकले देशभरका २ सय ७३ शाखा, ४७ वटा एक्सटेन्सन तथा राजश्व संकलन काउण्टर, २ सय ४२ एटिएम, २ सय ५७ शाखारहित बैकिङ सेवा दिइरहेको छ ।










प्रतिक्रिया दिनुहोस्