कोहलपुर :
नेकपा माओबादी केन्द्र निकट अखिल क्रातिकारीले असंवैधानिक, अलोकतान्त्रिक, निरंकुश र प्रतिगामी कदमका विरुद्ध पम्प्लेट टाँसेर विरोध जनाएको छ । अखिल क्रान्तिकारी बाँके कोहलपुर नगर कमिटीले प्रधानमन्त्री केपी ओली र राष्ट्रपति विद्या भण्डारीले चालेको कदम संविधान विपरित रहेको भन्दै सांकेतिक विरोध गरेको हो ।
विरोध स्वरुप अखिलले कोहलपुर क्षेत्रमा रहेको पोलहरुमा सांकेतिक विरोध स्वरुप पम्प्लेट टाँसेर विरोध जनाएको हो । प्रधानमन्त्री ओली र राष्ट्रपति भण्डारीको तस्बीर अंकित पोस्टर टाँसिएको हो ।
‘ हामीलाई भ्याक्सिन चाहिएको हो, निर्वाचन होइन्, राष्टपतिको काम गणतन्त्र र संविधानको रक्षा गर्ने हो, तिम्रो बयलगाडा लैजाउ, हाम्रो गणतन्त्रको अपहरण नगर र केपी ओली जस्तो प्रधानमन्त्री कुनै पनि मुलुकले भोग्नु नपरोस’ भन्ने नारा लेखिएका पोस्टर टाँसिएको थियो ।
अखिल क्रान्तिकारी बाँके कोहलपुर नगर कमिटीका संयोजक लक्ष्मण मानवले सरकारले फेरी संसद विघटन गर्नु जनताको भावना विपरित रहेको बताए ।
उनका अनुसार अहिले सरकारले महामारी भन्दा पनि सत्ताको लागि लागि परेको छ । उक्त कार्यमा अखिल क्रातिकारी जिल्ला कमिटी सचिवालय सदस्य चरीत्र शाही पनि सहभागी थिए ।













प्रतिक्रिया दिनुहोस्