कोहलपुर ।
कोरोना भाइरस संक्रमणबाट एकैदिन नेपालमा पछिल्लो २४ घण्टामा बुधबार २ सय ४६ जनाको मृत्यु भएको छ । कोरोना संक्रमणबाट एकै दिन मृत्यु हुने यो संख्या अहिलेसम्मकै उच्च हो । यसअघि वैशाख २८ गते २२५ जनाको मृत्यु भएको थियो ।
त्यस्तै पछिल्लो २४ घण्टामा देशभर थप ८ हजार १७३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । पीसीआर विधिबाट ८ हजार ०६४ र एन्टिजेन विधिबाट गरिएको परीक्षणमा १०९ गरी ८ हजार १७३ जना संक्रमित भेटिएका हुन् । त्यस्तै पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणमुक्त हुनेको संख्या ७ हजार ९८९ रहेको छ ।
नयाँ थपिएकामा ९ वर्ष मुनिका १९० बालबालिकामा कोरोना संक्रमण देखिएको छ भने १० देखि १९ वर्ष उमेर समूहका ५२८ जना संक्रमित देखिएका छन् । स्वास्थ्य मन्त्रालयका अनुसार सबैभन्दा धेरै काठमाडौंमा १,९८८ जना, कैलालीमा ४१७, मोरङमा ३८३, कास्कीमा ३४७ जना, रूपन्देहीमा ३४६ जना र झापामा ३४४ जना कोरोना संक्रमित थपिएका छन् ।
सुर्खेतमा २७४, ललितपुरमा २७०, बाँकेमा २४०, भक्तपुरमा २२८, सुनसरीमा २०९, धनुषामा १९९, चितवनमा १९३, बारामा १८७, दाङमा १७७, बर्दिया र अछाममा १५८/१५८ जना, काभ्रेपलाञ्चोकमा १५५, गोरखामा १४२, महोत्तरीमा १२७, सिन्धुपाल्चोकमा १२१ र धादिङमा ११७ जना कोरोना संक्रमित थपिएका हुन् ।
यस्तै दोलखा र कञ्चनपुरमा ९१/९१ जना, धनकुटामा ८८, पर्सामा ८५, ताप्लेजुङमा ८३, डडेल्धुरामा ७७,सिरहामा ७३, नवलपरासी पश्चिममा ५५, डोटीमा ५३, सिन्धुलीमा ४५, दैलेखमा ४४, तनहुँमा ३७, नवलपरासी पुर्वमा ३५, खोटाङ र रामेछापमा २९/२९ जना र रौतहटमा २५ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । यस्तै स्याङजामा २३, सर्लाही, नुवाकोट र अर्घाखाँचीमा २१/२१ जना, पाल्पा र बैतडीमा १९/१९ जना, सप्तरी, म्याग्दी र सल्यानमा १८/१८ जना तथा तेह्रथुम, सोलुखुम्बु र लमजुङमा १६/१६ जना संक्रमित थपिएको मन्त्रालयले जनाएको छ ।
संखुवासभामा १४, मनाङमा १३, कपिलवस्तु र कालिकोटमा १२÷१२ जना, पर्वतमा १०, रोल्पामा ८, भोजपुरमा ७, बागलुङ र जुम्लामा ६/६ जना र ओखलढुंगामा ५ जना कोरोना संक्रमित थपिएका थिए । यस्तै उदयपुर र मकवानपुरमा ४/४ जना, इलाम, गुल्मी र दार्चुलामा ३/३ जना, रूकुम पश्चिममा २ तथा पाँचथर, रसुवा, प्युठान, जाजरकोट र हुम्लामा १/१ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।
५७ जिल्लामा २०० बढी संक्रमित
२०० भन्दा बढी सक्रिय संक्रमित रहेका जिल्लाको संख्या ५७ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बुधबार सार्वजनिक गरेको तथ्यांकका अनुसार देशभरका ७७ जिल्लामध्ये ४३ वटा जिल्लामा ५०० भन्दा बढी सक्रिय कोरोना संक्रमित रहेका छन् । यस्तै, १४ जिल्लामा २०० भन्दा बढी कोरोना संक्रमित रहेको मन्त्रालयले जनाएको छ ।
५०० भन्दा बढी सक्रिय संक्रमित हुने जिल्लामध्ये प्रदेश १ मा मोरङ, सुनसरी र झापा रहेको मन्त्रालयले जनाएको छ । प्रदेश २ मा रौतटह, धनुषा, पर्सा, महोत्तरी, बारा र सप्तरीमा ५०० भन्दा बढी सक्रिय संक्रमित रहेका छन् ।
बागमती प्रदेशमा काठमाडौं, भक्तपुर, ललितपुर, चितवन, काभ्रे, मकवानपुर, धादिङ, सिन्धुपाल्चोक, सिन्धुली, नुवाकोट र रामेछापमा पनि ५०० भन्दा बढी सक्रिय संक्रमित छन् । यस्तै, गण्डकी प्रदेशको कास्की, गोरखा, नवलपरासी पूर्व, तनहुँ र स्याङ्जामा ५०० भन्दा बढी सक्रिय संक्रमित छन् ।
लुम्बिनी प्रदेशको दाङ, बाँके, रुपन्देही, पाल्पा, बर्दिया, कपिलवस्तु, अर्घाखाँची, गुल्मी र नवलपरासी पश्चिममा पनि ५०० भन्दा बढी सक्रिय संक्रमित छन् । कर्णाली प्रदेशको सल्यान, सुर्खेत र दैलेख सुदूरपश्चिम प्रदेशको डडेल्धुरा, कैलाली, कंचनपुर, बैतडी, अछाम र डोटीमा पनि ५०० भन्दा बढी सक्रिय संक्रमित रहेका छन् ।
मन्त्रालयका अनुसार २०० भन्दा बढी सक्रिय संक्रमित हुने जिल्लाहरुमा प्रदेश १ को ताप्लेजुङ, उदयपुर, धनकुटा र संखुवासभा रहेको छ । प्रदेश २ को सर्लाही र सिराहा, बागमती प्रदेशको दोलखा र रसुवा, गण्डकी प्रदेशको पर्वत, म्याग्दी र लमजुङ, कर्णाली प्रदेशको जाजरकोट र रुकुम पश्चिममा २०० भन्दा बढी सक्रिय संक्रमित रहेका छन् ।









प्रतिक्रिया दिनुहोस्