अन्जनी माता रोसइलाई युवा सङ्घ बाँकेको खाद्यान्न सहयोग



नेपालगञ्ज ।

बाँकेको नेपालगञ्जस्थित भेरी अस्पतालमा विरामी कुरुवालाई रु. २० मा खाना खुवाउँदै आएको अन्जनी माता रोसइलाई नेकपा (एमाले) ओली समूह निकट राष्ट्रिय युवा सङ्घ बाँकेले खाद्यान्न सहयोग गरेको छ ।

कोरोना महामारीको अवस्थामा भेरी अस्पतालमा विरामीका कुरुवालाई सस्तो तथा निःशुल्क जस्तै गरी खाना खुवाउने अभियानमा ऐक्यवद्धता जनाउँदै खाद्यान्न सहयोग गरिएको राष्ट्रिय युवा सङ्घ बाँकेका अध्यक्ष तीलकवीर सुनारले बताए ।

कोरोना सङ्क्रमित तथा परिवारलाई सस्तो दरमा खानाको प्रवन्ध मिलाउँदै आएको अन्जनी माता रोसइलाई खाना खुवाउने कार्यमा सहयोग स्वरुप ८ सय केजी चामल, दाल, तेल र नुन लगायतको खाद्य सामग्री प्रदान गरिएको थियो ।

सो अवसरमा नेकपा एमालेका केन्द्रीय सदस्य मोहम्मद हारुन हलवाई, जिल्ला अध्यक्ष सूर्य ढकाल लगायतको उपस्थिती रहेको थियो ।

  • No tags available
प्रकाशित मिति : २०७८ जेठ ५ गते बुधबार