काठमाण्डाै – सगरमाथा आरोहणका क्रममा दुई जना विदेशी आरोहीको ज्यान गएको छ ।
स्विट्जरल्यान्डका अब्दुल वारिच र अमेरिकाका पुवे लिउको ज्यान गएको पर्यटन विभागकी निर्देशक एवम् सगरमाथा आधारशिविर सम्पर्क अधिकृत मीरा आचार्यले जानकारी दिनुभयो । अब्दुल वारिचको सगरमाथा आरोहण गरेर फर्कने क्रममा चौथो शिविरमा बसेकै ठाउँमा र पुवे लिउको शिखरतर्फ जाँदै गर्दा सात हजार नौ सय मिटरको उचाइमा ज्यान गएको आचार्यले जानकारी दिनुभयो ।
लिउको हिउँका कारण आँखाको ज्योति गुमेपछि ज्यान गएको जानकारी प्राप्त भएको उहाँले बताउनुभयो । हिजोसम्ममा अनुमति लिएका आरोही र उनीहरुका सहयोगी समेत गरी झण्डै एक सय ७० जनाले आरोहण गरेका छन् । आज भने आरोहण भएन । मौसम प्रतिकुल बनेकोले अहिले आरोहीहरु अनुकुल मौसमको पर्खाइमा रहेका सम्पर्क अधिकृत आचार्यले बताउनुभयो । ujyaaloonline.com
प्रकाशित मिति : २०७८ वैशाख ३० गते बिहीबार








प्रतिक्रिया दिनुहोस्