कोहलपुरकी उप–प्रमुखद्धारा आफु चढ्दै आएको गाडी स्वास्थ्य शाखालाई जिम्मा



कोहलपुर ।

बाँकेको कोहलपुर नगर प्रमुख सञ्जु कुमारी थारुले आफुले प्रयोग गर्दै आइरहेको गाडी नगर स्वास्थ्य शाखालाई जिम्मा लगाएकी छिन् ।

आफुले प्रयोग गर्दै आइरहेको नगरपालिकाको भे १ झ २३१ नम्बर गाडी शनिबारदेखि नगर स्वास्थ्य शाखालाई जिम्मा लगाएको घोषणा गरेकी हुन् ।

बिपद्को समयमा नगरबासी र स्वास्थकर्मी साथिहरुको सहजताका लागि मैले प्रयोग गर्दै आएको गाडी जिम्मा लगाएको नगर उप–प्रमुख थारुले बताइन् ।

उनले उक्त सरकारी सवारी साधन चिकित्सकीय परामर्श सेवालाई प्रभावकारी बनाउन, एम्बुलेन्स सेवा, स्वास्थ्य सामाग्री ओसारपसार लगायत महामारी विरुद्धको लडाइमा उपयोग गर्न आग्रह समेत गरेकी छिन् ।

  • No tags available
प्रकाशित मिति : २०७८ वैशाख २६ गते आइतबार