काठमाण्डाै – सुनको भाउ आज पनि बढेको छ । सुन आज तोलाको ९१ हजार ७ सय रुपैयाँ तोकिएको नेपाल सुनचाँदी व्यवसायी राष्ट्रिय महासङ्घले जनाएको छ ।
हिजो तोलामा ९० हजार ६ सय रुपैयाँमा कारोबार भएको सुनको भाउ आज एकैदिन तोलामा एघार सय रुपैयाँ बढेको हो । त्यस्तै चाँदीको भाउ पनि बढेको छ ।
हिजो तोलाको १३ सय १५ रुपैयाँमा कारोबार भएको चाँदीको भाउ आज तोलामा १३ सय ५० रुपैयाँ कायम गरिएको महासङ्घले जनाएको छ ।ujyaaloonline.com
प्रकाशित मिति : २०७८ वैशाख २४ गते शुक्रबार










प्रतिक्रिया दिनुहोस्