कोहलपुर ।
बाँकेमा पछिल्लो २४ घण्टामा बिहीबार ५ सय ८ जना कोरोना जितेर घर फर्किएका छन् । २ सय ४१ महिला र २ सय ७७ पुरुष गरी ५ सय ८ जना डिस्चार्ज भएको जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र बाँकेले जनाएको छ ।
योसँगै बाँकेमा डिस्चार्ज हुने संक्रमितको संख्या ७ हजार ८ सय १४ रहेको जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र बाँकेका फोकल पर्सन तेज ओलीले जानकारी दिए । तीमध्ये ३ हजार ८० महिला र ४ हजार ७ सय ३४ पुरुषहरु रहेका छन् ।
पछिल्लो एक सातायता कोरोना परास्त गरेर डिस्चार्ज हुनेहरुको संख्यामा वृद्धि भएको फोकल पर्सन ओलीले जानकारी दिए । ‘पछिल्लो समय कोरोना जित्नेहरुको संख्या बढिरहेको छ’ उनले भने, ‘नयाँ थपिने र डिस्चार्ज हुने संख्या लगभग बराबर हुन थालिसकेको छ ।’
बुधबार मात्र १ सय २३ महिला र १ सय ७० पुरुष गरि २ सय ९३ जना डिस्चार्ज भएका थिए । पछिल्लो २४ घण्टामा बिहीबार ५ सय ८ डिस्चार्ज हुँदा ५ सय नयाँ संक्रमित थपिएका थिए ।
जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र बाँकेका अनुसार तीन प्रयोगशालामा गरिएको परीक्षणमा २ सय २३ महिला र २ सय ७७ पुरुषमा संक्रमण पुष्टि भएको थियो ।
भेरी अस्पतालको ल्याब गरिएको परीक्षणमा १ सय ४६ महिला र १ सय ८७ पुरुष गरी ३ सय ३३, नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा गरिएको परीक्षणमा २४ महिला र ४५ पुरुष गरी ६९ तथा बागेश्वरी ल्याबमा गरिएको परीक्षणमा ५३ महिला र ४५ पुरुष गरी ९८ जनामा संक्रमण पुष्टि भएको थियो । योसँगै बाँकेमा कुल संक्रमितको संख्या ११ हजार ९ सय ८१ पुगेको फोकल पर्सन ओलीले जानकारी दिए ।
संक्रमितमध्ये ४ हजार ९ सय ७० महिला र ७ हजार ११ जना पुरुषहरु रहेका छन् । बाँकेमा बिहीबार साँझ ६ बजेसम्म कोरोनाका कारण ६५ महिला र ९५ पुरुष गरी १ सय ६० जना रहेको थियो । मृत्यु हुने बाहिरी जिल्लाका संक्रमितको संख्या १ सय २८ जना रहेको केन्द्रले जारी गरेको तथ्यांकमा उल्लेख रहेको छ । तीमध्ये ३४ महिला र ९४ पुरुष रहेका छन् ।
जिल्लामा १ हजार ८ सय २५ महिला र २ हजार १ सय ८२ पुरुष गरी ४ हजार ७ जना सक्रिय संक्रमित रहेका छन् । तीमध्ये ५ सय ७६ जना अस्पताल तथा सामुदायिक आइसोलेसन तथा ३ हजार ५ सय ५९ जना होम आइसोलेसनमा रहेको फोकल पर्सन ओलीले जानकारी दिए । बाँकेमा जिल्ला बाहिरका १ सय २८ जना कोरोना संक्रमित उपचाररत रहेका छन् ।









प्रतिक्रिया दिनुहोस्