कोरोना संक्रमणबाट बाँकेमा थप २ जनाको मृत्यु भएको छ। भेरी अस्पताल र नेपालगन्ज मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको हो। बाँके, डुडुवा गाउँपालिका वडा नम्बर ५ का २७ वर्षीय युवकको मृत्यु भएको छ।
नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा उपचारका क्रममा उनको बुधबार बिहान ४ बजेर ४० मिनेट जादाँ मृत्यु भएको हो। यही वैैशाख १५ गते मेडिकल कलेजमा पिसिआर परीक्षण गराउँदा उनलाई कोरोना पोजेटिभ भएको थियो। भोलिपल्ट उनी मेडिकल कलेजमा भर्ना भएका थिए।
यस्तै नेपालगन्ज उपमहानगरपालिका ४ का ६० वर्षीय पुरुषको पनि मृत्यु भएको छ। नेपालगन्ज मेडिकल कलेजमा यहि वैैशाख १० गते पिसिआर परीक्षण गराउँदा उनलाई कोरोना पोजेटिभ देखिएको थियो।
सोही दिन भेरी अस्पतालमा भर्ना भएका उनको स्वास्थ्यमा सुधार नआएपछि मंगलबार राती ११ बजेर ४५ मिनेट जादाँ मृत्यु भएको जिल्ला कोभिड संकट ब्यवस्थापन केन्द्रका फोकल पर्सन तेज ओलीले जानकारी दिए। यो सँगै बाँकेका मृतक संख्या १ सय ४५ पुगेको छ।
यस्तै बाहिरी जिल्लाबाट उपचारका लागि बाँके आएका १ सय २५ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ।









प्रतिक्रिया दिनुहोस्