काेहलपुर।
बाँकेको मध्यपश्चिम विश्वविद्यालय अन्र्तगत रहेको बागेश्वरी बहुमुखी क्याम्सको प्राङ्गन सरसफाई भएको छ । बुधबार अनेरास्ववियुका विद्यार्थी नेताहरुले लामोसमयदेखि सरसफाई नगरी फोहोर भएपछि सरसफाई गरेका छन् ।
बागेश्वरी बहुमुखी क्याम्पसका प्रमुख शिशिर कुमार शर्माले सो कार्यक्रमको उद्घाटन गरेका थिए । अनेरास्ववियुका बागेश्वरी बहुमुखी क्याम्पस विद्यार्थी नेता सुमन जंग क्षेत्रीको नेतृत्वमा सरसफाई कार्यक्रम गरिएको थियो ।
क्षेत्रीका अनुसार शैक्षिक गतिविधिहरु निरन्तर गर्दै आइरहेको बताए । अझै भविष्यमा पनि शैक्षिक समस्याको समाधान र सहकार्य गर्दै जाने उनको भनाई थियो । सो कार्यक्रममा अनेरास्ववियुका केन्द्रिय सदस्य राजेश वली, टोपराज जैसी, देवेन्द्र बुढा, विद्यार्थी नेता रेेशम ढकाल तथा विद्यार्थीहरुको सहभागिता रहेको थियो ।




प्रकाशित मिति : २०७७ चैत ११ गते बुधबार









प्रतिक्रिया दिनुहोस्