काेहलपुरकाे न्युरोड नजिकै एक युवा मृत फेला



बाँकेकाे कोहलपुर नगरपालिका ११ रेडक्रश रोडमा बन्दै गरेको एक घरमा युवाको शव भेटिएको छ ।

ईलाका प्रहरी कार्यालय काेहलपुरका अनुसार नवनिर्मित घरमा गाडीएको समर्सियल पम्प नजिकै मृत अवस्थामा युवाको शव भेटिएको हो ।

शव नजिकै कैची भेटिएकाले समर्सियलको मिटर चोर्ने क्रममा ति युवाको करेन्ट लागेर मृत्यु भएको हुनसक्ने प्रहरीले अनुमान गरेकाे छ ।

मृतकको पहिचान खुल्न सकेको छैन । यसबारे थप अनुसन्धान अगाडि बढाईएकाे काेहलपुर प्रहरीले जनाएको छ ।

  • No tags available
प्रकाशित मिति : २०७७ चैत ९ गते सोमबार