काठमाण्डौं ।
विवादग्रस्त सत्ताधारी नेपाल कम्युनिष्ट पार्टीको प्रचण्ड-माधवकुमार नेपाल समूहले संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङ सहितका नेताहरूलाई ‘पार्टी विरोधी गतिविधिमा सलग्न भएको’ भन्दै ‘अनुशासनको कारबाही’ गरिएको बताएको छ।
काठमाण्डूमा पेरिसडाँडास्थित कार्यालयमा बसेको उक्त समूहको केन्द्रीय कमिटिको बैठकले यस्तो निर्णय गरेको हो।
सो समूहका एक नेता भीम रावलका अनुसार कारबाही गरिएका नेताहरूमध्ये संसदीय दलका उपनेता नेम्वाङलाई ६ महिनाका लागि स्थायी कमिटिको सदस्यबाट निलम्बन गरिएको छ।
उनलाई ‘पार्टीको विधान विपरित गतिविधि तीव्र पारेको र गलत प्रचार गरेको’ भन्दै संसदीय दलको उपनेताको पदबाट तुरुन्त राजिनामा दिन केन्द्रीय समितिको बैठकले निर्देशन दिएको रावलले बताए। @BBC
प्रकाशित मिति : २०७७ फागुन १९ गते बुधबार









प्रतिक्रिया दिनुहोस्