लक्ष्मीको उपचारमा आर्थिक अभाव



शिवु खनाल । दाङ ।

दाङको राजपुर गाउँपालिका वडा नम्बर ३ भैसहवा निवासी ४५ वर्षिय लक्ष्मी सुनार विगत तीन वर्षदेखि विरामीले थला परिन् । कुन रोगका कारण सुनारलाई तीन वर्षसम्म ओछ्यानमा थला पर्ने स्थिती बनायो घर परिवार कसैलाई थाहा भएन । ‘लगातार तीन वर्षसम्म ओछ्यानमा थला परिन् श्रीमती ।

आर्थिक अभाव कै कारण श्रीमतीको उपचारमा समस्या आइपरेको र रोग पत्ता लगाउन समस्या प¥यो’ लक्ष्मीका श्रीमान् हरिले भने, ‘एउटा माइक्रो फाइनान्सबाट ढाइ लाख ऋण लिएर नेपालगञ्ज, कोहलपुर, चितवन, दाङ लगायत विभिन्न ठाउँका अस्पतालमा उपचारको लागि श्रीमतीलाई लगियो तर, रोग भने पत्ता लागेन । ऋण लिएको पैसा सबै उपचारमा खर्च सकियो ।’ भारतको एक नीजि अस्पतालमा उपचार गराउदा मात्र रोग पत्ता लागेको श्रीमान् हरिले बताए ।

‘नेपालमा रोग पत्ता नलागेपछि थप उपचारको लागी भारत लैजाने निधो गरे । छोरीको साथमा उपचारको लागी भारतको बढ्नी प्राइभेट रूवि अस्पतालमा भर्ना गरियो । भर्ना गरेको पन्ध्रदिन पश्चात् शल्यक्रिया गर्दा क्यान्सर भएको पत्ता लाग्यो’ उनले भने, ‘भारतमा लक्ष्मीको उपचारको क्रममा ५० हजार खर्च भइसकेको छ । डाक्टरले लक्ष्मीको पेटमा क्यान्सर भएको भनेका छन् ।

उपचारको लागी अझै १ लाख रुपैँया लाग्छ ।’ श्रीमतीको उपचारमा अभाव भएपछि हरिलाई आर्थिक सहयोग जुटाउनको लागि भौतारीरहेका छन् । ‘ज्याला मजदुर गरेर आठजना परिवारको गुजारा चलाउदै आइरहेको छु । अन्य आयस्रोत केही छैन । खेति किसानी गरेर जेनतेन घरगृष्ति चलाउनुपर्ने स्थिति छ’ उनले भने, ‘श्रीमतीको थप उचारको लागी कहाँबाट खर्च जुटाउने हो । भारतको रुवी अस्पतालमा श्रीमती उपचारको लागी छटपटाइ रहेकी छिन् । श्रीमती बचाउन अपिल गर्छु ।’

जुटाइदैं सहयोग

नेपाल दलित संघ क्षेत्र नं. १ ले क्यान्सर पीडित लक्ष्मीलाई उपचारको लागी १५ हजार आर्थिक सहयोग गरेको छ । आईतबार नेपाल दलित संघ क्षेत्र नं. १ का सभापती पर्वल रसाईली र राष्ट्रिय दलित पत्रकार संघ जिल्ला कार्यसमिति दाङका उपाध्यक्ष प्रिया स्मृति गजमेरको सक्रियतामा पीडितको घरमा पुगेर आर्थिक सहयोग गरिएको हो ।

आर्थिक रूपमा कसैलाई केही समस्या नहोस् र आर्थिक अभावले कसैले पनि अकालमा ज्यान गुमाउन नपरोस् भनेर सहयोगको अभियान चलाएको राष्ट्रिय दलित पत्रकार संघ जिल्ला कार्यसमिति दाङका उपाध्यक्ष गजमेरले बताए । अन्य उपचारको क्रममा लाग्ने खर्च अपुग भएमा पुन सहयोगको अभियान चलाएर क्यान्सर पीडितलाई उपचारमा सहयोग पु¥याउने उनले दाबी गरे ।

  • No tags available
प्रकाशित मिति : २०७७ फागुन १९ गते बुधबार