नेपाल राष्ट्रिय शिक्षक संगठनको अध्यक्षमा ढुंगाना सर्वसहमत चयन



मधुर पौडेल बाँसगढी 

नेपाल राष्ट्रिय शिक्षक संगठन बाँसगढी नगरसमितिको अध्यक्षमा फणीन्द्र प्रसाद ढुंगाना चयन भएका छन् । शुक्रबार बासँगढीमा सम्पन दोस्रो अधिबेशनबाट ढुंगाना अध्यक्षमा चयन भएका हुन् ।

अधिवेशनले उनको नेतृत्वमा २६ सदस्यीय नगर समिति समेत चयन गरिएको हो । अधिवेशनको औपचारिक सत्रको बाँसगढी नगरपालिकाका नगरप्रमुख शालिकराम अधिकारीले उद्घाटन गरेका थिए । उक्त अवसरमा गुणस्तरीय शिक्षाको लागि शिक्षकहरुको भूमिका महत्वपूर्ण हुने जानकारी दिए । उनका अनुसार शिक्षकहरु बौद्धिक वर्ग भएकोले सोही अनुसारको जनशक्ति समेत उत्पादन गर्नुपर्छ ।

सोही अवसरमा नेपाल राष्ट्रिय शिक्षक संगठन नगर अध्यक्ष फणिन्द्र प्रसाद ढुंगानाले संगठन तथा आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए । उनले संगठनले आफ्नो कार्यकालमा विद्यालय भवन, कक्षाकोठा पुस्तकालय प्रयोगशाला, शैक्षिक सामग्री,भौतिक पुर्वाधारको लागि नगरपालिकासँग समन्वय गरेको बताएका छन् । यस्तै शैक्षिक गुणस्तर बृद्धि गर्न,बौद्धिक जनशक्ति उत्पादन गर्नको लागि अल्पकालीन,मध्यकालीन तथा दीर्घकालीन योजना निर्माण गरिएको प्रतिवेदनमा उल्लेख गरिएको छ ।

बाँसगढी नगरपालिकाभित्र प्रावि, मावि वा निमावि सामुदायिक विद्यालय ४० वटा तथा संस्थागत विद्यालय १५ गरेर जम्मा ५५ वटा विद्यालय रहेका छन् । नेपाल राष्ट्रिय शिक्षक संगठनमा आवद्ध आजिवन र साधारण गरेर जम्मा ३ सय ३६ जान सदस्य संख्या रहेको उनको भनाइ छ । यस्तै अन्य संगठन त्यागेर नेपाल राष्ट्रिय शिक्षक सगठनमा अरुण कुमार मण्डल सहित १४ जना आएका छन् ।यस्तै नयाँ आजिवन सदस्यहरुमा उत्तम बहादुर थापा सहित ७ जना रहेको जनाइएको छ । उक्त कार्यक्रम हरि देवकोटाले सञ्चालन गरेका थिए ।

  • No tags available
प्रकाशित मिति : २०७७ फागुन ८ गते शनिबार