बहुविवाह मुद्दामा फरार अभियुक्त पक्राउ



कोहलपुर 

बाँके प्रहरीले बहुविवाह मुद्दामा कैद सजाय तोकिएका दुई जना फरार अभियुक्तलाई पक्राउ गरेको छ ।स जिल्ला प्रहरी कार्यालयबाट खटिएको बिशेष प्रहरी टोलीले आइतबार कोहलपुरका एक महिला र पुरुषलाई पक्राउ गरेको हो ।

कार्यालयले बहुविवाह मुद्दामा फरार रहेका कोहलपुर नगरपालिका वडा नम्बर ४ का ३४ बर्षीय जय बहादुर गिरी र सोही ठाउँमा बस्ने ३३ वर्षीया छायाँ गिरीलाई पक्राउ गरिएके जनाएको छ । उनीहरुलाई बहुविाह मुद्दामा जिल्ला अदालत बाँकेले २०६८ कात्तिक ३ गते २ वर्ष कैद सजाय तोकेको थियो । उनी फरार थिए ।

दुवैजनालाई पक्राउ गरी जिल्ला अदालत बाँकेमा बुझाइएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ । बाँके प्रहरी प्रमुख एसपी ओमबहादुर रानाले हालसम्म जिल्ला प्रहरी कार्यालय बाँके तथा मातहत प्रहरी कार्यालयबाट ५ सय २९ जना फरार अभियुक्त पक्राउ गरिएको बताए । उनका अनुसार फरार अभियुक्त पक्राउ गर्ने अभिायन निरन्तर चलिरहेको छ ।

  • No tags available
प्रकाशित मिति : २०७७ फागुन ३ गते सोमबार