कृषि सञ्जालको साधारण सभा



कोहलपुर 

व्यवसायिक कृषि सञ्जालको प्रथम साधारण सभा सम्पन्न भएको छ । मंगलबार एक औपचारिक कार्यक्रमका बीच सञ्जालको प्रथम साधारण सभा सम्पन्न भएको हो ।

साधारण सभाको लुम्बिनी प्रदेश भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री आरती पौडेलले उद्घाटन गरेकी थिइन् ।उक्त अवसरमा बोल्दै बाँके जिल्लामा विभिन्न व्यवसाय गर्दे आएका व्यवसायीहरु एकजुट हुनु सकारात्मक रहेको बताइन् ।कृषि सञ्जालमा बाँकेमा आठवटै स्थानीय तहका कृषकहरु सम्मिलित छन् ।

प्रदेशले बनाउने हरेक नीतिहरुमा किसान र व्यवसायीहरुको सुझाव र सल्लाहका आधारमा तर्जुमा हुने गरेको उनले बताइन् । सरकारले किसानहरुको उत्पादनको बिक्री वितरणको सहजताका लागि विभिन्न अनुदान,कर्जा उपलब्ध गराउँदै आएको उनको भनाइ थियो । उक्त अवसरमा सरकारले व्यवसायीहरुको पक्षमा काम नगरेको गुनासो गरेका थिए ।

उक्त अवसरमा आफ्नो तर्फबाट धारणा राख्दै व्यवसायी मोतिलाल कंडेलले व्यवसायीहरुको लागि भनेर लागु गरिएका कार्यक्रम वास्तविक व्यवसायीहरुसम्म पुग्न नसकेको बताए । उनका अनुसार सरकारले यस्ता कुराहरुमा ध्यान दिन जरुरी छ । अनुदान वितरणमा राम्रो र हाम्रो भन्दा पनि पद्धती अनुसार चल्न सरकारलाई सुझाव दिएका थिए ।

उनले सबै किसानहरुका समस्या समाधानको लागि आफूहरुले पनि कठिनाई भोग्दै आएको भन्दै आधारभूत रुपमा व्यवसायीहरुले सरकारबाट सहयोग प्राप्त गर्दै आएको जानकारी दिइन् । किसानहरुको सहजताका लागि नै प्रदेश सरकारले ऐन ल्याउने तयारी थालेको समेत मन्त्री पौडेलले अवगत गराइन् ।‘व्यवसायीहरुका गुनासा प्रति म संवेदनशिल छु ।

तपाईको समस्या समाधानको लागि मेरो पहल सधै रहिरहनेछ । सबै जना मिलेर आर्थिक विकासको लागि तयार हुनुहोस’ उनले भनिन् । उक्त अवसरमा बोल्दै सञ्जालका अध्यक्ष शेषकान्त शर्माले बाँकेमा जिल्लामा रहेर विभिन्न प्रकारका व्यवसाय गर्ने व्यवसायीहरुलाई एकजुट बनाउनको लागि सञ्जालको स्थापना गरिएको बताएका थिए । उनका अनुसार आगामी दिनमा पनि सञ्जाल सोही अनुसार काम गर्नेछ । प्रथम साधारण सभामामा जिल्लाका ६ वटा पालिकाका व्यवसायीहरुको सहभागिता रहेको थियो ।

  • No tags available
प्रकाशित मिति : २०७७ माघ २८ गते बुधबार