शुभाकर विश्वकर्मा, कोहलपुर
‘मेरी छोरीमाथि बलात्कार भयो । अरु पनि यस्ता घटना भइरहेका छन् । छोरीका हत्यारालाई पक्राउ परेर सजाय दिनुपर्छ । जघन्य अपराध गर्नेलाई जन्मकैद हुनुपर्छ । २०७५ साउन १० गते बलात्कारपछि हत्या गरिएकी कञ्चनपुर भीमदत्त नगरपालिकाकी १३ वर्षीया निर्मला पन्ती आमा दुर्गा पन्तको भनाई हो यो । तर दुईवर्ष बितिसक्दा पनि न निर्मलाका हत्यारा पक्राउ परेका छन्, नत उनले भनेको जस्तो नेपालको कानुनमा मृत्युदण्डको सजाय तोकिएको छ । छोरीको न्यायको लागि वर्षदिनसम्म लडेकी उनी अहिले थाकिसकिन् ।
उक्त हत्याकाण्ड अहिलेपनि रहस्यमै छ । प्रहरीले भने गम्भीर रुपमा अनुसन्धान भइरहेको दोहो¥याउँदै आएको छ । छोरीको हत्यापछि कहाँ पुगिनन् र उनी । निर्मलाको सम्झनामा रोएका आँशु जम्मा गरेको भए सागर बन्थ्यो होला । त्यति रोइन्, कराइन्, छोरीको लागि याचना गरिन् दुर्गाले । तर राज्यले उनलाई अझै पनि न्याय दिन सकिरहेको छैन । अहिले त दुर्गाको रोधन सुन्ने पनि कोही छैन । अहिले पनि उनलाई घरको भित्तामा टाँसिएको निर्मलाको फोटो देख्दा मन पोल्छ । अहिले पनि उनी रुदैँ दिन बिताउँछिन् ।
अहिले दुर्गाको जस्तै नियती भोगिरहेकाी छिन्, बैतडीको दोगडाकेदार गाउँपालिका–७ चडेपानीकी द्रोपती घट्टले । ढेड महिना पहिले श्रीमान गुमाएकी उनले गत बुधबार एकमात्र सहारा छोरी(भागरथी घट्ट)लाई गुमाइन् । श्रीमानको मृत्युको आलो घाउ सुक्न नपाउँदै अर्को बज्रपात परेको छ, उनको जिन्दगीमा । श्रीमानको मृत्यु भएपछि ४५ दिनको पुण्यतिथि समेत मनाउन नपाएकी उनी अहिले सेता लुगामा छोरीको हत्याराको माग गर्दै याचना गरिरहेकी छिन् । उनी घरी रुन्छिन्, घरी मुर्छा पर्छिन् । जिन्दगीलाई नियती नै सम्झेर पनि उनले चित्त बुझाउन सकिरहेकी छैनन ।
उनकी १७ वर्षीया छोरी भागरथी घट्ट(भूमिका)को बलात्कारपछि घाँटी थिचेर हत्या गरेको आम एकसाता बित्दैछ । अझै पनि उनको छोरीकोमा हत्यामा संलग्न पक्राउ परेका छैनन् ।यो प्रकरणले पुनःएकपटक देशभरका द्रोपतीहरुलाई रुवाएको छ । उनी भन्छिन्,‘ के दोष थियो मेरो, के अपराध गरेकी थिइ मेरी छोरीलाई । छोरीहरु बलात्कृत हुन्छन् । बलात्कारीले म जस्तै आमाहरु रुवाईरहेका छन् ।सरकारले के हेरेर बसेको छ ।’भागरथी उनकी एक्ली साहरा थिइन् ।अब त्यहिँ सहारापनि खोसियो। द्रोपतीकी कान्छि छोरी हुन्,भागरथी ।
भागरथीलाई नजिकबाट चिनेका आफन्त सहवेद भट्ट आमाको अवस्था अहिले निकै ददर्जनाक भएको बताउँछन् ।उनी भन्छन्,‘आमाको अवस्था हेर्दा जो कोही रुन्छ । अवस्था निकै कहालीलाग्दो छ । उहाँ घरमा आउने मान्छे देख्न वित्तिकै रुनुहुन्छ । केटी मान्छे देख्नै हुन्न् ।बेहोस भइहाल्नुहुन्छ ।’उहाँको अवस्था देख्दाँ मेरो आँखाबाट आँशु खस्छन् । उनको पनि एउटै माग छ, छोरीका बलात्कारीलाई पक्राउ गरियोस् । दुर्गा र द्रोपती त प्रतिनिधि उदाहरण मात्रै हुन् । नेपालमा दैनिक सात जना महिला र किशोरी बतात्कृत हुने गरेको तथ्यांक छ ।बलात्कृत मध्ये केहीको हत्या हुने गरेको छ ।हत्या गरिएका धेरै घटनामा पीडितले न्याय पाउने गरेका छैनन् । हरेक दिन हुने गरेका यस्ता घटनाका कारण नेपाली समाजमा छोरीहरु असुरक्षित हुँदै गएका छन् । प्रहरीको तथ्यांक अनुसार देशभर ३ हजार ३ सय ४७ जना बालिका माथि कलात्कार भएको छ ।
भागरथीको हत्यारा पत्ता लगाउन सुदुरपश्चिम प्रदेश प्रहरी प्रमुख डीआईजी उत्तमराज सुवेदी अहिले आफैँ घटनास्थलमा खटिएका छन् । उनले अपराधी पत्ता नलागेसम्म बैतडीमा नै बस्ने बताएका हुन् । भागरथीका साथी र आफन्त, नजिकै चल्ने सार्वजनिक यातायातका चालक लगायतसँग सोधपुछ गर्ने काम भईरहेको प्रदेश प्रहरीका प्रवक्ता एसएसपी मुकेश सिंहले जानकारी दिए ।
देशभर बलात्कारका घटना बढ्दो
बलात्कारपछि हत्या गरिएकी कञ्चनपुर भीमदत्त नगरपालिकाकी १३ वर्षीया निर्मला पन्तको हत्यारा अझै पत्ता लाग्न सकेको छैन । उनको २०७५ साउन १० गते बलात्कारपछि हत्या भएको थियो । उक्त घटनालाई लिएर र सडकदेखि सदनसम्म लामोसमय बहस र विरोध हुँदा पनि प्रहरीले अपराधी सार्वजनिक गर्न सकेन । उक्त घटनाको अहिले पनि अनुसन्धान भइरहेको छ ।
यस्तै, २०७७ असोज ५ गते बझाङ जिल्लाको मष्टा गाउँपालिका वडा नम्बर २ खिकालाकी १२ वर्षीया बालिका सम्झना विक पनि बलात्कारको सिकार भइन् । उनको पनि बलात्कारपछि हत्या भएको थियो । ती दुवै घटना सेलाउन नपाउँदै सुदूरपश्चिम क्षेत्रकै बैतडीको दोगडाकेदार गाउँपालिका–७ चडेपानीकी १७ वर्षीया बालिका भागरथी घट्ट (भूमिका)को हत्या प्रकरण अहिले सतहमा आएको छ । उनको बलात्कारपछि घाँटीमा थिचेर हत्या गरिएको पुष्टि भइसकेको छ ।
बलात्कार जस्तो जघन्य अपराध भएको घटनाका दोषी एक साता बितिसक्दा समेत पक्राउ गरेका छैनन् । अहिले बैतडी सहित देशका विभिन्न क्षेत्रमा उनको न्यायको लागि विरोध र प्रदर्शन भइरहेको छ । सबैले निर्मला पन्तको जस्तो नहोस भन्नको लागि दोषीलाई अभिलम्भ कारबाहीको माग गरेका छन् । यो घटना अनुुसन्धान कै क्रममा रहेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ । सुदूरपश्चिम प्रदेशमा घटेका यी दिन घटना त प्रतिनिधि घटना मात्रै हुन् । समग्र देशको अवस्था निकै भयावह छ ।
नेपालमा प्रदेशगत हिसाबमा भएका घटनाको तथ्यांकमा पनि सुदूरपश्चिम प्रदेशमा अन्य भन्दा बढी नै बलात्कारका घटना भएको पाइएको छ । २०७४÷०७५ देखि २०७७÷०७८ पुससम्म सुदूरपश्चिममा ५ सय ८८ वटा बलात्कारका घटना घटेका छन् । सुदूरपश्चिममा बलात्कार घटना वर्षेनी बढ्दै गएको समेत देखिन्छ । प्रहरी मुख्यालयका अनुसार २०७४÷०७५ मा सुदुरपश्चिम प्रदेशमा ९३ वटा बलात्कारका घटना भएका थिए । २०७५÷०७६ मा बढेर १ सय ७१ पुग्यो भने २०७६÷०७७ मा २ सय १ र र २०७७÷०७८ को पुससम्ममा एक सय २३ वटा बलात्कार भएका छन् ।
प्रदेशगत हिसाबमा हिसाबमा सबैभन्दा बढी बलात्कारका घटना प्रदेश १ मा घटेका छन् । प्रदेश १ मा पछिल्लो ४ वर्षको अवधिमा १ हजार ७ सय ५२ वटा घटना घटेका छन् । त्यसपछि सबैभन्दा बढी लुम्बिनी प्रदेशमा छन् । यहाँ चार वर्षको अवधिमा १ हजार ९२ वटा बलात्कारका घटना भएका हुन् । त्यसपछि प्रदेश २ मा ९ सय ४७ बागमति प्रदेशमा ८ सय १८, गण्डकीमा ५ सय ५८ र कर्णालीमा ४ सय ११ वटा बलात्कारका मुद्धा परेका छन् ।
काठमाडौँ उपत्यकामा मात्रै ८ सय ६४ वटा बलात्कार भएको नेपाल प्रहरीको तथ्यांकमा उल्लेख छ ।यता आर्थिक वर्ष २०७०/०७१ मा मुलुकभर ९ सय पाँच वटा, २०७६/०७७ सम्म आईपुग्दा दुई गुणा बढेर दुई हजार एक सय ४६ वटा घटना भएको प्रहरी अभिलेखमा छ । २०७४ देखि ०७७ सम्म आइपुग्दा सात हजार एक सय ७० वटा बलात्कारका घटना भएको प्रहरी मुख्यालयले जनाएको छ । बलात्कार गरि १७ जना महिला तथा बालबालिकाको हत्या भएको देखिन्छ। प्रहरी मुख्यालयका प्रवक्ता एसएसपी बसन्त बहादुर कुँबर संख्यात्मक रुपमा तुलना गर्दा बलात्कारका घटनामा कमी आएको बताउँछन् ।
बाँकेमा पनि बढ्दो क्रममा
बाँकेमा समेत बलात्कारका घटना बढ्दै जान थालेको देखिन्छ । बाँके प्रहरीका अनुसार २०७२÷०७३ मा २६ बालिका बलात्कृत भएका थिए । २३ जना माथि जबरजस्ती करणी गर्ने प्रयास भएको थियो । त्यो संख्या एक वर्षपछि बढेको तथ्यांकले पुष्टि गर्छ । २०७३÷०७४ मा बाँकेमा ३९ महिला तथा बालिका बलात्कृत भए । २७ जनामाथि बलात्कार प्रयास भएको उजुरी प्रहरीमा आएको थियो। ०७४÷७५ मा ३५ महिलामाथि बलात्कार भएको थियो ।
३१ महिलालाई जबरजस्तीको प्रयास गरिएको मुद्दा दर्ता भएको प्रहरीले जनाएको छ । गत आर्थिक वर्ष २०७६÷०७७ मा मात्रै बाँकेमा ५२ जना महिलामाथि बलात्कार भएको थियो । ती मध्ये १० जना माथि जवरजस्तीको प्रयार भएको हो । बाँकेमा कोरोना संक्रमण भएका भएको लकडाउनको समयमा मात्रै २१ जना महिला बलात्कृत भइन् ।
जेष्ठ, असार, श्रावण महिना चार÷चार र चैत्र र बैशाखमा दुई÷दुई वटा बलात्कारका घटना भएका थिए । प्रहरीले मदिरापान, मानसिक रोगी र अपराधिक मानसिकताका व्यक्तिहरुबाट यस्ता घटना बढी हुने गरेको जनाएको छ । त्यस्तै, परिचित व्यक्तिहरुबाट महिलाहरु बलात्कृत हुने गरेका छन् ।









प्रतिक्रिया दिनुहोस्