सडक मानवको उद्दार



कोहलपुर ।

पुर्व पश्चिम राजमार्ग अन्तरर्गत बाँकेको राप्तीसोनारी गाउँपालिकाका विभिन्न स्थानबाट प्रहरीले सडक मानवको उद्दार गरेको छ । इलाका प्रहरी कार्यालय कोहलपुरको टोलीले मंगलबार गाउँपालिकाको राजमार्ग क्षेत्रबाट २ जना सडक मानवको उद्दार गरेको हो ।

वडा नम्बर २ को अगैयाबाट एक र वडा नम्बर ८ को शम्शेरगंजबाट एक जनाको उद्दार गरिएको इलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख प्रहरी नायब उपरीक्षक रबिन्द्र खनालले जानकारी दिए ।

उनका अनुसार उद्दार गरिएकी अन्दाजी १७ वर्षीया किशोरी र अर्का २३ वर्षका पुरुष रहेका छन् । जिल्लामा चलिरहेको मानवरहित सडक अभियानलाई सार्थक बनाउन आफ्नो कार्यक्षेत्र एरिया अन्तरर्गत सडकमा बेसाहरा अवस्थामा रहेका मानिसहरुको व्यवस्थापन तथा उद्धार गर्ने कार्यलाई प्राथमिकतामा राखिएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।

‘कोहलपुर प्रहरीको कार्यक्षेत्रमा पर्ने अन्य स्थानमा समेत सडक मानव देखे खबर गर्न सबैलाई आग्रह गर्दछु’ उनले मिसन टुडेसँग भने, ‘हामी उहाँहरुको समेत उद्दार गरेर सम्बन्धित संस्था वा व्यक्तिलाई जिम्मा लगाउँछौं ।’

जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख प्रहरी उपरीक्षक ओमबहादुर रानाले सडक मानवहरुको उद्दार गरेर व्यवस्थापनको लागि मातहतका निकायलाई निर्देशन दिइएको जानकारी दिए ।

बाँकेका केही स्थानीय तह एक वर्षअघि नै सडक मानवरहित पालिका घोषणा भइसकेका
छन् । तर त्यसको कार्यान्वयन भने अहिलेसम्म पनि हुन सकेको छैन ।

  • No tags available
प्रकाशित मिति : २०७७ माघ २८ गते बुधबार