३ वटा अटोरिक्सा बरामद



कोहलपुर 

ईलाका प्रहरी कार्यालय कोहलपुरले ३ वटा अटो रिक्सा सहित एक मोटसाइकल बरामद् गरेको छ । मनिकापुरबाट चोरीको सामानसहित एक जनालाई पक्राउ गरिएको हो ।

कोहलपुर प्रहरीले सञ्चालन गरेको विशेष स्वीप अभिायन अन्तर्गत चोरीको सामान लोड गरीएका ३ वटा अटो रिक्सा र मोटरसाइकल बरामद गरिएको इलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख प्रहरी नायव निरीक्षक रविन्द्र खनालले जानकारी दिए ।

उनका अनुसार केही समय पहिले मनिकापुरस्थित भटानपुरमा रहेको श्री नेपाल राष्ट्रिय माध्यामिक विद्यालयमा निर्माण गर्न लागिएको ट्रष्टमा प्रयोग हुने फलामका खम्बाहरु हराएका थिए ।

चोरी बढिरहेको गुनासोपछि अनुसन्धानको क्रममा लाखौँ मूल्यका सामान बरामद गर्न सफल भएको उनले जानकारी दिए । प्रहरीको अनुसन्धानबाट त्यस्ता प्रकारका घटनामा धेरै व्यक्तिको सलग्नता हुन सक्ने खुलेको छ । अभियान अन्तर्गत प्रहरीले नदिजन्य उत्पादनबाट पानी चुहाई ढुवानी गर्ने टिप्परहरुलाई समेत कानुनी दायरामा ल्याउन सुरु गरीएको जनाएको छ । ईलाका प्रहरी कार्यालय कोहलपुरले सुरु गरेको स्वीप अभियान फागुन पाँच गतेसम्म चल्नेछ ।

  • No tags available
प्रकाशित मिति : २०७७ माघ २७ गते मंगलबार