कोहलपुर
बाँके राष्ट्रिय निकुञ्जबाट तीन जना युवा पक्राउ परेका छन् । निकुञ्जले सोमबार हात हतियारसहित तिन जनालाई पक्राउ गरेको हो । निकुञ्जले शुरु गरेको‘अपरेशन महाहण्ट–७’ मा खटिएको नेपाली सेना र निकुञ्ज कार्यालयका कर्मचारी सहितको संयुक्त टोलीले हतियारसहित तीन जनालाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा सल्यानको कालिमाटी गाउँपालिका–३का २० वर्षीया वीरबहादुर पुन मगर,२६ वर्षीय खेमबहादुर थापा र ३८ वर्षीय रमेश घर्ती रहेका छन् । पक्राउ परेका युवाहरुको साथबाट दुई नाल भरुवा बन्दुक समेत बरामद गरिएको जनाइएको छ । माघ २१ गते पनि ६ नाल बन्दुकसहित ९ जना परेका थिए ।
उनीहरुलाई सोधपुछ गर्ने क्रममा शिकारी समूहका थप ३ जना पक्राउ प गरिएको निकुञ्ज प्रशासनले जनाएको छ । हतियारसहित निकुञ्ज ईलाकाभित्र हर्कत गरेको र अवैध जिवजन्तु चोरी शिकारी कार्यमा संलग्न रहेको अभियोगमा उनीहरुलाई पक्राउ गरिएको हो ।पक्राउ परेकालाई आवश्यक कारवाहीको लागि बाँके राष्ट्रिय निकुञ्ज कार्यालयमा बुझाएको छ । पछिल्लो समय निकुञ्जमा विभिन्न अप्रेशन मार्फत भरुवा बन्दुक सहित धेरै जनालाई पक्राउ गरिएको छ ।









प्रतिक्रिया दिनुहोस्