सम्पादकीय : प्रहरीको सक्रियता



बाँके प्रहरीले एक जना सहायक सुचक हत्यामा संलग्नहरुलाई पक्राउ गरेको छ । माघ २ गते हत्या गरिएको अवस्थामा भेटिएका प्रविण थापा मगरको हत्यामा संलग्न सात जनालाई पक्राउ गरि सार्वनजनिक गरिएको हो ।उनको हत्यापछि सिआइवी सहित बाँके प्रहरीले सक्रियताका साथ अनुसन्धान गरिएको हो । उनको हत्या भएको १९ दिनमा प्रहरीले अभियुक्तहरु पक्राउ गर्न सफल भएको हो । उक्त घटनामा पक्राउ परेका मध्ये चार जना बालक रहेका छन् । उनीहरु सबै गाँजाको कारोबारी थिए ।

प्रहरीले बताए अनुसार उक्त घटना हेल्मेट विवादका कारण भएको हो । प्रविण हत्यामा पक्राउ गरेका उनका साथी भनिएका कुम्रीको मोटरसाइकलमा रहेको हेल्मेट प्रयोग गरेको विषयमा आपसमा विवाद भएको थियो । कार्यलयको कामको शिलशिलामा सूचना संकलनको लागि मृत अवस्थामा गएका प्रविणलाई छुटाउन खोज्दा अर्को समुहले विभिन्न सामानको प्रयोग गरेर हत्या गरेको हो । हत्या जस्तो जघन्य अपराधको घटनामा बाँके प्रहरीले सफलता पाएको देखिन्छ ।उनी सुरक्षा निकाय भित्रकौ रहेकोले पनि यसमा घटनामा बाँके प्रहरीले निकै महत्व दिएको थियो । नत्र सुरक्षा निकायले यस्तै प्रकृतिका घटनामा खास्सै चासो नदेखाएका उदारहण प्रसस्तै छन् । तसर्थ प्रहरी संठगन जस्तो निष्पक्ष संगठनले यस्ता कुरामा ध्यान पु¥याउनै पर्छ ।

अर्कातिर बाँके विभिन्न अपराधिक गिरोहहरुको रहेको र विभिन्न खालका समस्या भएको जिल्ला हो ।बाँकेमा विद्यामान समस्याका रुपमा धेरै कुरिती र कुसंस्कारहरु रहेका छन् । सीमा क्षेत्रसँग जोडिएको जिल्ला भएकोले पनि यहाँको क्षेत्र रणनीतिक क्षेत्रको रुपमा रहेको छ । बाँकेमा लागु औषध, दुव्र्यसन, बालविवाह, चेलीबेटी बेचविखन जस्ता समस्या रहेका छन् ।यहाँको अर्को समस्या भनेको वर्षेनी ठुलो संख्यामा महिला तथा बालबालिकाहरु हराउनु पनि हो । यद्यपी पछिल्लो समय बाँकेमा विभिन्न अपराधमा संलग्नहरुलाई पक्राउ गर्ने यहाँको प्रहरीले तीव्र रुपमा अघि बढाइरहेको छ । विभिन्न जनचेतनामुलक अभियानहरु समेत बाँके प्रहरीले सञ्चालन गर्दै आएको छ । विभिन्न कार्यक्रम मार्फत समेत जनतासँग जोड्ने काम भइरहेको छ । यहाँका एपसीले बारम्बार बाँकेलाई अपराध मुक्त जिल्ला बनाउने कुरा बताउँदै आएका छन् ।त्यो लक्ष्य अनुसार उनी कसरी गइरहेका छन् । त्यो समिक्षाको विषय हो । जे होस बाँके प्रहरीको सक्रियता भने सकारात्मक छ ।

  • No tags available
प्रकाशित मिति : २०७७ माघ २३ गते शुक्रबार