कोहलपुर :
भेरी शित भण्डार सहकारी संस्था लिमिटेडको १३ औँ साधारण सभाबाट सञ्चालक समितिको अध्यक्षमा बलराम भट्टराई चयन भएका छन् । साधारण सभाबाट भट्टराईको अध्यक्षतामा ११ सदस्यीय सञ्चालक/कार्यसमिति चयन गरेको हो ।
साधारण सभाबाट उपाध्यक्षमा युवराज पौडेल चयन भएका हुन् ।यस्तै सहकारी सञ्चालक समितिको सदस्यहरुमा गौरीकान्त आचार्य, सिताराम थारु, गणेश बहादुर कार्की चयन भएका छन् । अन्य सदस्यहरुमा कोपिला गिरी, एनप्रसाद पौडेल, टेकबहादुर शाही, केश कुमारी शाही,सफिक मोहम्बत गुजर, र तुलराज शाही चयन भएका छन ।
यसैगरी अमरबहादुर खड्काको संयोजकत्वमा तीन सदस्यीय लेखा समिति समेत गठन गरिएको छ । समितिको सदस्यहरुमा बिष्णुकान्त आचार्य र रमिला थापा चयन भएको भेरी शित भण्डार सहकारी संस्था लिमिटेडले जनाएको छ । संस्थाको १३ औँ साधारण सभाले माघ १८ गते नै नयाँ कार्यसमिति सर्वसहमत रुपमा चयन गरेको थियो ।तर मंगलबार एक औँपचारिक कार्यक्रमका बीच नयाँ कार्यसमितिका पदाधिकारीहरुको नाम सार्वजनिक गरिनुका साथै सबै पदाधिकारीहरुको सपथ ग्रहण समेत गरिएको छ ।
नयाँ कार्यसमितिका पदाधिकारीहरुलाई निर्वाचन परिचालन कमिटीका संयोजक होमप्रकाश सुवेदीले पद तथा गोपनियताको सपथ खुवाएका थिए । नवनिर्वाचित अध्यक्ष भट्टराईले भने आफ्नो नेतृत्वमा शीत भण्डारलाई नयाँ गति दिने बताएका छन् । उनका अनुसार कोहलपुर क्षेत्रको उत्कृष्ठ सहकारी बनाउनको लागि सिंगो टिम सक्रिय रुपमा लाग्नेछ ।
सपथ ग्रहण कार्यक्रमा सहकारीका नयाँ तथा पुराना पदाधिकारी, शेयर सदस्य तथा सरोकारवालाहरुको सहभागिता रहेको थियो ।यसअघि भेरी शित भण्डार सहकारी संस्था लिमिटेडको अध्यक्ष डोलराज अर्याल थिए ।









प्रतिक्रिया दिनुहोस्