सम्पादकिय : व्यवसायीकरण बनाऊ



जनताको घर नजिकैको सरकारका रुपमा रहेका स्थानीय तहले व्यवसायीकरणलाई ध्यान दिइरहेका छन् । स्थानीय तहका नीति तथा कार्यक्रममा समेत यस्ता कुराहरु प्रसस्तै भेटिन्छन् । तर समस्या कहाँनेर छ भने उनीहरुले नीति तथा कार्यक्रमा लेखेका कुराको कार्यान्वयन हुन सकिरहेको छैन ।तर सबै कार्यक्रम सफल भने हुँदैनन् । केही कार्यक्रमहरु सफल भएका समेत उदाहरण छन् । यहाँको कोहलपुर नगरपालिकामा औँलामा गन्न सकिने कार्यक्रममा सुत्केरी भत्ता वितरण कार्यक्रम देखिन्छ ।

जिल्लाको एकमात्र नगरपालिकाको रुपमा रहेको कोहलपुरमा विकासको चरण तीव्र रुपमा चलिरहेको छ । तर स्थानीय सरकारले विगत तीन वर्षमा सबैले प्रशंसा गर्न लायक गरेका काम थोरै मात्र छन् । तर पशु सुत्केरी भत्ता कार्यक्रमले पनि केही प्रशंसा पाएको छ ।त्यो कार्यक्रमले यहाँका किसानहरुमा उत्साह थपिएको छ । यहाँको पशुपाला व्यवसाय समेत बृद्धि भएको पाइएको छ । यो क्रममा तीव्र रुपमा बृद्धि भइरहेको छ । यसको एउटै कारण पशु सुत्केरी भत्ता हो । अहिलेसम्म ८ सय बढि किसानले पशु सुत्केरी भत्ता प्राप्त गरिसको छन् । स्थानीय सरकारले भत्ता दिनेभएपछि उनीहरुमा पनि उत्साह थपिएको देखिन्छ ।

स्थानीय तहले समेत यो कार्यक्रमलाई वर्षेनी निरन्तरता दिदै आएको छ । अझै नगरपालिकाले किसानका लागि सुलभ मुल्यमा ऋण कर्जा दिए यो कार्यक्रम लोकप्रिय हुने देखिन्छ ।अहिले किसानहरुले पशु बीमाको समेत माग गरिहेका छन् । यसमा स्थानीय सरकारले ध्यान दिनुपर्ने देखिन्छ । उनीहरुका माग पुरामा भएमा झन यसमा आकर्षण समेत बढ्न सक्छ । त्यसैले यस्ता राम्रा कार्यक्रमलाई निरन्तरता दिनुको अर्को विकल्प छैन । यसमा व्यवसायीकरणको खाँचो देखिन्छ । नीति तथा कार्यक्रममा व्यवसायीकरणका मुद्धा उठाउनुपर्छ । उत्पादन बढाएर बजारीकरण दिनपनि जरुरी छ । व्यवसायीकरण बनाउन पहलकदमी चालिनुपर्छ ।

  • No tags available
प्रकाशित मिति : २०७७ माघ १५ गते बिहीबार