सुत्केरी भत्ताले पशुपालनमा आकर्षण



डिल्ली शाही,

कोहलपुर कोहलपुर नगरपालिका वडा नम्बर १३ का गणेश बहादुर खड्काले गत वर्षदेखि गाई र भैसी पालन गर्छन् । कतारमा २ वर्ष बसेर नेपाल फर्केका उनले एउटा गाई र भैसीबाट व्यवसाय सुरु गरेका थिए ।

अहिले उनको पशुपालन व्यवसाय खुवै फस्टाएको छ ।अहिले उनले आफ्नो व्यवसायको दायरा समेत फराकिलो बनाइसकेका छन् । उसो त पशुपालन गर्ने उनको सोच कतारमा हुँदा नै पलाएको थिएन । तर उनीसँग विदेशमा कमाएको धेरथोर पैसा भने थियो । त्यहाँबाट आएको केही समयपछि उनले कोहलपुर नगरपालिकाले किसानहरुको लागि नयाँ प्रकारको कार्यक्रम ल्याएको जाकारी पाए । उक्त सूचनाले उनले रेडियोबाट पाएका थिए ।

कार्यक्रम थियो, पशु सुत्केरी भत्ता कार्यक्रम । पहिला सुन्दा उनलाई अचम्म लाग्यो ।‘ मलाई त्यो सूचनाले उत्प्रेरित ग¥यो । आँट गरे । त्यसपछि गाई भैसी पाल्न सुरु गरेको हुँ ।’ उनले भने । आफूले सरकारबाट भत्ता प्राप्त गर्नको लागि मात्रै पशुपालन नगरेको उनी बताउँछन् । उनका अनुसार आफ्नै देशमा केही गर्न सकिन्छ भन्ने उद्देश्यका साथ व्यवसाय सुरु गरिएको हो । उनको व्यवसायमा पशु सुत्केरी भत्ता कार्यक्रमले राहत मिल्यो । उनले कार्यक्रमको लागि नाम दर्ता गराए ।

केही महिनामा त उनले पशुको भत्ता प्राप्त गर्न थाले । त्यसपछि उनलाई भत्ता कार्यक्रमले काम गर्ने थप हौसला प्रदान ग¥यो । पहिलो पटक पशु सुत्केरी भत्ताको रकम बुझ्दा निकै खुसी भएको उनले बताए ।No description available.

यस्तै कोहलपुर नगरपालिका वडा नम्बर १३ कै किसान ईश्वर खड्काले पनि अहिले गाई पालन गरिरहेका छन् । स्थानीय सरकारले ल्याएको कार्यक्रmमका कारण आफू स्वरोजगार बनेको उनले बताए । उनी पनि लामो समय बैदेशिक रोजगारीमा बसेका व्यक्ति हुन् । पछि उनले परिवारको सहयोग र पशु शाखाको समन्वयमा गाई पाल्न सुरु गरे ।No description available.

अहिले उनको परिवार पशुपालनबाट चलेको छ । पशु सुत्केरी भत्ताका कारण गाईहरुलाई पालनपोषण गर्न सजिलो भएको छ । किसानलाई अझै निःशुल्क पशु बीमा सरकारले गरिदिए अझै प्रेरित हुने उनी बताउँछन् ।‘ सुत्केरी भत्ताले हामीलाई सहज भएको छ । पशुपालनमा राम्रो सम्भावना देखेको छु । अझै सरकारले सहयोग गरेको भए अघि बढ्न सकिन्थ्यो । ’ उनी भन्छन् । किसानहरु खड्काद्धय त प्रतिनिधि पात्र मात्र हुन् । कोहलपुरमा धेरै व्यवसायिक गाई फर्महरु फस्टाएका छन् अहिले ।

कोहलपुर नगरपालिका नगर पशु शाखाका प्रमुख गोविन्द बहादुर रोकायले किसानले प्रत्येक गाई र भैँसी सुत्केरी भएबापत दुई हजार प्राप्त गर्ने बताए ।‘यसमा किसानहरूको आकर्षण देखिएको छ । अहिले पशुपालन गर्नेहरुको संख्या बढ्दै गएको छ । यसले एकातिर पशुको सुरक्षा पनि गरेको छ र अनि रोजगारी समेत बढाएको छ ।’ मिसन टुडेलाई उनले भने ।No description available.

यस अघि शाखाले केन्द्रीय कार्यक्रमका रूपमा पशु तथा चौपायाको बीमा कार्यक्रम सञ्चालित थियो । कोहलपुर नगरपालिकाले भने नयाँ ढंगबाट पशुपालनमा किसानहरुलाई प्रेरित गर्नको लागि पशु सुत्केरी भत्ता कार्यक्रममा लागु गरेको हो । अहिले उक्त कार्यत्र,म किसानहरूको आकर्षण बनेको छ । अहिले पशुपालन गर्नेहरु पनि बढेका छन् ।

  • No tags available
प्रकाशित मिति : २०७७ माघ १४ गते बुधबार