कोहलपुर :
जुम्लाको तिला गाउँपालिकाको गोठी गाउँमा आगलागी भएको छ । जिल्ला प्रशासन कार्यालय जुम्लाले अहिले सम्म आगलागीबाट २२ वटा घर जलेर नष्ट भएको बताएको छ ।
प्रमुख जिल्ला अधिकार भुपेन्द्र थापाका अनुसार अहिले पनि आगलागी नियन्त्रणमा आउन सकेको छैन । उनले आगलागी भएको जानकारी प्राप्त गर्न वित्तिकै नेपाल प्रहरी, शसस्त्र र नेपाली सेनाको टोली घटना स्थलतर्फ पुगिसकेको बताए । प्रजिअ थापा तिला गाउँपालिकामा रहेको प्रहरी भने घटनास्थल तर्फ पुग्न लागेको छ ।
आगलागी भएको गाउँसम्म पुग्न जिल्ला सदरमुकामबाट गाडीमा ४५ मिनेटको दुरीमा गाउँपालिकाको केन्द्र र त्यहाँबाट हिडेर ३ घण्टा लाग्छ । उक्त स्थान भौगोलिक रुपमा विकट रहेको छ ।
‘हामीले जिल्लाबाट टोली पठाएका छौ ।तीन वटै सुरक्षा निकायको टोली त्यसतर्फ प्रस्थान गरिसकेको छ।स्थानीयले आगो निभाउने प्रयास गरिरहेका छन् । त्यहाँ पानीको पनि उपलब्धता नभएको समस्या भएको बुझिएको छ । आगलागीको कारण पनि पत्ता लागेको छैन ।’ मिसन टुडे दैनिकसँग कुराकानी गर्दै प्रजिअ थापाले भने ।
उक्त बस्ती त्यहाँको मौषमी बस्ती हो । त्यहाँका नागरिक वर्षमा ५ महिना मात्रै बसोबास गर्दछन् ।काठैकाठको घरहरु बढिभएकोले आगलागी भएको आशंका गरिएको छ । आगलागी अझै नियन्त्रणमा आउन सकेको छैन ।










प्रतिक्रिया दिनुहोस्