सम्पादकीय : राजनीतिक हस्तक्षेप नहोस्



बाँके जिल्लामा शिक्षक दरबन्दी तीव्र रुपमा अघि बढिरहेको छ । जिल्लामा आठ वटै स्थानीय तहमध्ये दुई स्थानीय तहमा दरबन्दी मिलान भइसकेको छ । अन्य केही स्थानीय तह प्रक्रियामा छन् । सबै तहले मात्र दरबन्दी मिलान गर्नुपर्नेछ । शिक्षा तथा मावन स्रोत विकास केन्द्रले २०७६ सालमा जारी गरिएको निर्देशिका अनुसार बाँकेमा शिक्षक दरबन्दी मिलान गरिएको हो ।बाँके जिल्लाका नरैनापुर र कोहलपुर नगरपालिकाले शिक्षक दरबन्दी मिलान गरीसकेका छन् । ६ पालिकामा भने दरबन्दी मिलान कार्य तीव्र रुपमा अगाडि बढाइरहेको छ ।बाँकेका प्राथमिक, निम्न माध्यमिक, माध्यमिक र ११ र १२ कक्षाको शिक्षक दरबन्दी मिलान गर्ने लागिएको हो । अहिले नेपालभरी नै यो कार्य तीव्र ढङ्गले अघि बढिरहेको छ ।

नेपाल सरकारले शिक्षामा अरबौ लगानी गरेको छ तर चाहे जस्तोे प्रतिफल भने पाएको छैन । सामुदायिक विद्यालयमा कतै विद्यार्थीको संख्या धेरै छ भने कतै शिक्षकको संख्या बढि छ । शैक्षिक क्षेत्र सुधार गर्नको लागि दरबन्दी मिलान गरिएको हो । नेपाल सरकारले अहिले पालिकाकामा केन्द्रीत दरबन्दी मिलान गर्न लागिरहेको छ । कतिपय विद्यालयमा एउटै शिक्षक एउटै विद्यालयमा लामो समयसम्म प्र।अ।वा शिक्षकमा काम गरिरहेकोले मनपरी भएको छ । त्यसकारणले नेपाल सरकारले दरबन्दी मिलान गरेपछि शिक्षामा केही परिवर्तन आउँछ कि भनेर शिक्षक दरबन्दी मिलान गर्ने कार्य सुरु गरिएके हो ।

नेपालको परिवेशमा शिक्षा क्षेत्र राजनीतिको भूमरीमा परेको छ । शिक्षा लिने र दिने दुवै अन्यौल देखिन्छन् यहि कारणले । बाँकेमा भएको अहिलेको दरबन्दी मिलानमा विद्यार्थीको अनुपात नमिलाई राजनीतिक दलको प्रयोग गरी दरबन्दी मिलाउने काम बन्द हुनु आवश्यक छ । शिक्षा कार्यालयले कुनै राजनीतिक दलको आधारमा शिक्षकहरुलाई अनेक बहानामा दुःख दिने काम बन्द गरी गुणस्तरीय शिक्षामा जोड दिनु अहिलेको आवश्यकता हो ।

  • No tags available
प्रकाशित मिति : २०७७ माघ १२ गते सोमबार