पाण्डे इन्टिग्रेटी आइकनको उत्कृष्ट १५ मा



कोहलपुर ।

जिल्ला हुलाक कार्यालय बाँकेका प्रमुख हुलाक अधिकृत गोविन्द्रप्रसाद इन्ट्रिग्रेटी आइकन नेपाल २०२० को उत्कृष्ट १५ मा परेका छन् । ६ महिनाअघि सार्वजनिक सूचना मार्फत विभिन्न ६ चरणमा गरिएको छनौटमा पाण्डे उत्कृष्ठ १५ मा पर्न सफल भएका हुन् । आइकलको लागि देशभरका कुल १५ सय २ जना कर्मचारीले आवेदन दिएका थिए ।

उनले यसअघि वाणिज्य कार्यालयमा गरेको बजार अनुगमन र सुधारमा महत्वपूर्ण भूमिका खेलेका छन् । बाँकेको कोहलपुर नगरपालिकाको प्रमुख प्रशासकयि अधिकृत हुँदा सडक बिस्तारमा राम्रो काम गरेका थिए । भने उनले हरित कोहलपुर अभियानको थालनी गरेका थिए । यस्तै देशका चन्द्रागिरी, छायानाथ रारा तथा तिलागुफा नगरपालिकामा काम गरेका छन् ।

ती सबै ठाउँमा विकास तथा जिल्ला हुलाक कार्याय बाँकेमा गरेको भौतिक तथा सेवा प्रवाह सुधारको मूल्यांकन भएको छ । उत्कृष्ट १५ मा पर्न सफल भएपनि उनले आफूलाई आफुलाई सेवा प्रवाह तथा राष्ट्र निर्माणमा लागि रहन थप हौसला मिलेको बताए । उनका अनुसार लामो समयको दुःखको फल मिलेको छ ।

  • No tags available
प्रकाशित मिति : २०७७ पुस २४ गते शुक्रबार